सातकुलेमा आयोजना गरिएको निशुल्क स्वास्थ्य शिविर(फोटो फिचर)

Advertise with us

फोटो÷शब्द ः रीता लामा
परिवार नियोजन दाङ शाखाको आयोजनामा तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १८ सातकुलेमा सोमवार निशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ ।

Buddha International Hospital
Advertise with us

 

राप्ती आँखा अस्पताल, पन्थी डेन्टल क्लीनिक, सोनापुर सिमेन्ट र क्षेत्रिय आयुवेद्ध चिकित्सालयको आर्थिक, भौतिक सहयोगमा सम्पन्न शिविरमा स्त्री रोग, आँखाको उपचार, दाँत तथा यौन रोगको उपचार तथा परामर्श दिइएको थियो । शिविरमा परिवार नियोजन दाङ शाखाले निशुल्क रुपमा महिलाको पाठेघरको मुखको क्यान्सरको जाँच गरेका थिए भने बृद्धबृद्धाको पनि छुट्टै उपचारको व्यवस्था गरिएको थियो ।
शिविरमा डाक्टर रामेश्वर खत्रि, डा. अनुपप्रसाद केसी, स्वास्थ्यकर्मीहरु सिर्जना ज्ञवाली, सन्जु भण्डारी, आशा बस्नेत, सन्ध्या गौतमले विरामीको उपचार गर्नुभएको थियो ।

परिवार नियोजन दाङ शाखाकी सचिव माया देवकोटाको अध्यक्षता एवम पुर्व मन्त्री रेखा शर्माको प्रमुख आतिथ्यतामा शिविरको उत्घाटन गरिएको थियो । कार्यक्रममा परिवार नियोजनकी केन्द्रिय सदस्य निर्मला गौतम, पत्रकार जनक नेपाली, सोनापुर सिमेन्टका गणेश भट्ट लगायतले शिविरमा प्राप्त सवै सेवा लिन स्थानियलाई आग्रह गर्नुभएको थियो ।
तुलसीपुर १८का वडा अध्यक्ष माधवप्रसाद वलीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण परिवार नियोजनका प्रबन्धक बसन्त खनालले गर्नुभएको थियो । शिविरको सम्पुर्ण संयोजन पत्रकार गिरीराज नेपालीले गर्नुभएको थियो ।