दुर्घटनामा खुट्टा गुमाएका खनाललाई सहयोग


शिवु खनाल
देउखु्री, माघ  । सवारी दुर्घटनामा परी दुबै खुट्टा गुमाएका दाङ लमही नगरपालिका वडा नम्बर ५ निवासी सन्तोष खनाललाई उहाँका साथीहरुले नगद ८५ हजार सहयोग गरेका छन् ।

Advertise with us


मोटरसाइकल दुर्घटनामा परी दुबै खुट्टा गुमाएका खनाललाई उहाका साथीहरु लमही नगरपालिका वडा नम्बर ६ निवासी हाल अमेरीका बस्दै आउनु भएका सन्तोष बस्नेत, लेखराज केसी र अन्य केही साथीहरु मिलेर पिडित खनाललाई नगद रु. ८५ हजार सहयोग प्रदान गर्नुभएको हो ।

Buddha International Hospital


सन्तोष बस्नेतका बुवा रामबहादुर बस्नेतले पीडित खनाललाई रकम हस्तान्तरण गर्नुभयो । ‘खनाललाई उपचारमा समस्या परेको कारण हामी केही रकम सहयोग गरेका हौँ ।’ सन्तोष बस्नेतले भन्नुभयो । खनाल करिब दुई वर्ष अगाडि सवारी दुर्घटनामा पर्नुभएको थियो । खनालले दुबै खुट्टा गुमाउनु भएको छ । तर, उहाँको उपचारमा समस्या परेको खनालले बताउनुभयो ।


‘आर्थिक स्थिती निकै कमजोर भएको हुनाले उपारमा समस्या परेको छ’, खनालले भन्नुभयो, ‘आँखा, खुट्टा र टाउको अझै उपचार गर्न बाँकी छ । आर्थिक स्थिती कमजोर छ, घरको स्थिती पनि नाजुक, आयस्रोत केही छैन, पुरा उपचार गर्नलाई कम्तिमा पनि दश देखि बाह्र लाख लाग्छ ।’

Advertise with us