विश्व वाल दिवस मनाइयो

फोटाः रीता लामा

समृद्ध समाज निर्माणका लागि बालमैत्री व्यवहारसँगै भौतिक संरचना निर्माणमा ध्यान दिनुपर्ने घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीले बताएका छन । अन्तर्राष्ट्रिय बाल दिवस–२०१८ का अवसरमा मंगलवार घोराही उपमहानगरपालिकाले घोराहीमा आयोजना गरिएको बाल दुव्र्यवहार न्यूनीकरण कार्यक्रमलाई सम्वोधन गर्दै नगर प्रमुख चौधरीले बालमैत्री स्थानीय शासनलाई हरेक नगरवासीले अवलम्वन गर्नुपर्ने बताए ।

Advertise with us
संविधानले बालअधिकार सुंनिश्चिता गरेको भन्दै नगर प्रमुख चौधरीले बालबालिकाहरुलाई कसैले पनि विभेद गर्न नहुने बताए । साथै चौधरीले बालअधिकार सुनिश्चिताका लागि गर्भ रहदा नियमित चेकजाचसँगै जन्मेको ३५ दिनभित्र जन्मदर्ता गराउनेदेखि उचित शिक्षा,पालपोषणमा समेत अभिभावकले ध्यान दिनुपर्ने बताएका थिए । समृद्ध नगर निर्माणका लागि घोराही उपमहानगरपालिका बालमैत्री नगर निर्माणमा लागेको भन्दै उपमहानगरपालिकाको योजनामा हरेक नागरिकलाई सहयोग गर्न आग्रह गरे ।

Buddha International Hospital

फोटाः रीता लामा

त्यस्तै चौधरीले बालमैत्री स्थानीय शासनका लागि घरदेखि सावर्जनिक संरचना निर्माण गर्दा बालमैत्री स्थानीय शासनको अवलम्वन गरिनुपर्ने बताए । त्यस्तै कार्यक्रममा घोराही उपमहानगरपालिका उपप्रमुख सिता न्यौपाने सिक्देलले बालअधिकार सुनिश्चिताका लागि सवैको सहकार्य आवश्यक रहेको बताए । बालबालिकाहरु भविष्यका कर्णधार रहेको भन्दै उपप्रमुख न्यौपानेले घरपरिवारहरुले नैतिक आचरनदेखि व्यवहारिक शिक्षामा ध्यान दिनुपर्ने बताइन ।
त्यस्तै कार्यक्रममा बोल्ने अन्य बक्ताहरुले बालअधिकारका लागि सवैले ध्यान दिनुपर्ने बताए । बालकलाई आमाको पेटमा गर्भरहेदेखि १८ बर्ष नपुग्दासम्म कुनै पनि अधिकारवाट बञ्चीत गर्न नहुने उनीहरुको भनाई रहेको थियो । उनीहरुले बालबालिकाहरुलाई लिंगको आधारमा कसैले पनि विभेद गर्न नहुने बताएका थिए ।

फोटाः रीता लामा

महिला बालबालिका तथा सामाजिक विकास शाखा संयोजक पशुपति चौधरीको अध्यक्षतामामा भएको कार्यक्रममा घोराही उपमहानगरपालिका प्रमुख प्रशासकिृय अधिकृत सन्तबहादुर सुनार, महिला बालबालिका तथा सामाजिक विकास महाशाखाका श्रीप्रसाद भट्राई, सहभागी प्रेङका शर्मा, हुर्मन पुनलगायतले मन्तव्य गरेका थिए । कार्यक्रमको सहजीकरण मोति विश्वकर्माले गरेकी थिइन । युनिसेफ नेपालको सहयोग एव हिप्डेक नेपाल र सिविस नेपाल सस्थाको समन्वयमा भएको थियो । अन्तराष्ट्रिय बाल दिवसको अवसरमा बालअधिकार,बालबालिकामाथि हुने शारीरि,मानवअधिका एव यौन दुव्र्यवहारलगायतका बिषयमा प्रशिक्षण समेत दिइएको थियो ।