ज्ञानमाला एकेडेमीको ११ औं बार्षिकोत्सव (फाटो फिचर सहित)


घोराही, २६ माघ । घोराहीउपमहानगरपालिका १६ सर्रास्थित ज्ञानमाला एकेडेमीको ११ औं बार्षिकोत्सव तथा शैक्षिक प्रदर्शनी शनिबार सम्पन्नभएको छ ।


Advertise with us
बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष चिजबहादुर चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै प्रदेश सांसद अमरबहादुर डाँगीले बालबालिकालाई व्यवहारिक शिक्षा दिन आवश्यक रहेको बताउनुभयो । ज्ञानमालाले क्रियाकलापमा आधारित शिक्षण सिकाई सञ्चालन गरिरहेकोमा खुशी व्यक्त गर्दै उहाँले समय सुहाउँदो शैक्षिक सिकाई आवश्यक रहेको बताउनुभयो ।

Buddha International Hospital


सांसद डागीले बालबालिकालाई पैंसा नलाग्ने माया ममता, हेरचाह र उचित वातावरण दिनुपर्ने बताउनुभयो । बालबालिकालाई पैंसा दिनुभन्दा पैंसा नलागी गर्न सिकाउन सकिने कुरामा अभिभावकले ध्यान दिनुपर्ने उहाँले बताउनुभयो ।


यसैगरी बिशिष्ट अतिथि प्यावसनका जिल्ला सचिव खगेश्वर पौडेलले अभिभावक, बिद्यालय र बिद्यार्थीको त्रिकोणात्मक समन्वयबाट मात्रै गुणस्तरीय शिक्षा सम्भवहुने बिचार व्यक्त गर्नुभयो । बिद्यालयका प्रिन्सिपल केशवराज गिरीले प्रगती प्रतिवेदन प्रस्तुत गर्दै बिद्यालयले व्यवहारिक शिक्षण बिधि मार्फत अहिलेको बजारमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ती उत्पादन गरिरहेको जानकारी दिनुभयो ।


कार्यक्रममा पद्मोदय पब्लिक माविका सहायक प्राचार्य लोकबहादुर बस्नेत, थारु कल्याणकारिणी सभाका अध्यक्ष भुवन चौधरी, आरआरएन्का पूर्व क्षेत्रीय प्रमुख विकास चौधरी, बिद्यालय व्यवस्थापन समितिका संस्थापक अध्यक्ष बामदेव पोख्रेल र क्रियाकलापमा आधारित शिक्षण सिकाईका निर्देशक ढुण्डिराज गिरीले मन्तव्य व्यक्त गर्नुभएको थियो ।


बिद्यार्थीहरु नारायणसिंह पुन र सलिमा चौधरीले पनि मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रम संयोजक बिमला केसीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन बिद्यालयका सहायक प्रिन्सिपल महेश बस्नेतले गर्नुभएको थियो ।


कार्यक्रममा बिद्यालयलाई महत्वपूर्ण योगदान गर्ने बिद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष रामहरी शर्मा पौडेल र बस चालक रणबहादुर बाँठालाई सम्मान गरिएको थियो ।


यसैगरी बिद्यालयका समाचार सम्प्रेषणमा महत्वपूर्ण योगदान गरेको भन्दै सञ्चार अनलाइनका सम्पादक किरण गौतमलाई सम्मान गरिएको थियो । यसैगरी यसबर्षको एस्ईईमा सर्बोत्कृष्ट नतिजा प्राप्त गर्न सफल किशु खड्का, अभिभावक र बिभिन्न क्रियाकलापमा उत्कृष्ट बिद्यार्थीहरुलाई सम्मान गरिएको थियो ।


कार्यक्रममा बिद्यार्थीहरुले तयार पारेका बिभिन्न शैक्षिक सामग्रीहरुको प्रदर्शनी गरिएको थियो । अभिभावक र अतिथिहरुले प्रदर्शनीको अवलोकन गरेका थिए । कार्यक्रममा बालबालिकाले बिभिन्न साँस्कृतिक प्रस्तुतीहरु पनि गरेका थिए ।