प्रतिष्ठानको विवाद समाधान, आन्दोलन स्थगित, २४ दिनपछि कर्मचारीहरु काममा फर्किए

दाङ, माघ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा २४ दिनदेखि चल्दै आएको विवाद समाधान भएको छ । साविक राप्ती उपक्षेत्रीय अस्पताल विकास समितिका कर्मचारी, करार कर्मचारी र ज्यालादारी कर्मचारीहरुले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा समायोजनको लागि राखेको माग पुरा भएपछि आन्दोलन टुंगीएको हो ।

Buddha International Hospital

Advertise with us

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा.सुरेन्द्रकुमार यादवको नेतृत्वमा केन्द्रबाट आएको टोलीले बार्ताको माध्यमबाट राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको विवाद समाधान गरेका हो । आन्दोलनरत कर्मचारीहरुलाई प्रतिष्ठान कर्मचारीको समानस्तर र तहको पदमा प्रचलित नियम कानुन बमोजिमका सर्त, बन्देज र सेवा सुविधा लागुहुने गरी समायोजन गर्ने सहमती सहितको ११ वटा बुदामा सहमती भएको छ ।

विकास समिति तर्फका कर्मचारीहरुको हालसम्म भुक्तानी गर्न बाँकी तलव भत्ता पाउने, श्रेणी विहिन तथा ज्यालादारी कर्मचारीहरुको सेवा अबधि प्रतिष्ठानले तेस्रो पक्षबाट लिनु परे कार्यरत कर्मचारीहरुलाई लिने, नेपाल सरकारको करार कर्मचारीहरुको हकमा नेपाल सरकारले नीति बनाईरहेकाले सोही निती अनुसार नै हुने र प्रतिष्ठानले करारमा लिनका लागि विज्ञापन भएमा प्राथमिकता दिने सहमती भएको छ ।

यस्तै ज्यालादारी कर्मचारीहरुको हकमा प्रतिष्ठानले मासिक ज्यालादारीको सम्झौता गर्ने र आन्दोलन रत कर्मचारीहरुले आजैदेखि आन्दोलनका कार्यक्रमहरु फिर्ता लिएर आफ्नो काममा फर्किएर सुचारु गर्ने सहमती भएको संषर्घ समितिका सयोजक हिमराज गौतमले जानकारी दिनुभयो । प्रतिष्ठानको उपकुलपति डा. संगीता भण्डारी र आन्दोलनरत कर्मचारीहरुको तर्फबाट हिमराज गौतम र ठगुराम भण्डारीले सहमती पत्रमा हस्ताक्षर गर्नुभएको छ ।

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. यादव नेतृत्वको टोलीमा विशिष्ठ श्रेणीको प्रमुख विशेषज्ञ डा. सुशिल प्याकुरेल, सहसचिव मधुसुदन बुर्लाकोटी र कानुन मन्त्रालयका उपसचिव विनोदकुमार भट्टराई पनि सहभागि हुनुहुन्थ्यो । टोलीले आन्दोलनरत पक्ष, नागरिक समाज, राजनीतिक दलहरुसँग समेत छलफल गरेको राज्यमन्त्री डा. यादवले बताउनुभयो ।

राप्तीकै सबैभन्दा पुरानो २०१६ सालमा स्थापना भएको अस्पताल प्रतिष्ठानमा रुपान्तरण बनेपछि स्वास्थ्य सेवा र प्रतिष्ठान अन्र्तगतका चिकित्सक एवं कर्मचारी विवादले अस्तव्यस्त बनेको थियो । प्रसुती सेवा ठप्प बनेको अस्पतालमा लामो समय देखि फोहोर उठ्न सकेन सकेको थिएन । बार्ता पश्चात कर्मचारीहरुले आजै देखि आफ्नो काम सुरु गरेका छन् । २२ लाखभन्दा बढी जनसंख्यालाई सेवा पु¥याउदै आएको सो अस्पताललाई सरकारले ०७४ असोज २९ गते प्रतिष्ठानमा परिणत गर्ने निर्णय गरेको थियो ।

Advertise with us