गौरवका आयोजना र अधुरा काम पुरा गर्न सदस्यमा उम्मेदवारी ः धर्मेन्द्र श्रेष्ठ

Advertise with us

घोराही, माघ २५  । घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आसन्न निर्वाचनका लागि सदस्य पदका उम्मेदवार धर्मेन्द्र श्रेष्ठले महत्वपुर्ण र गौरव आयोजनाहरु सञ्चालनका लागि आफ्नो उम्मेदवारी रहेको बताउनु भएको छ ।

Buddha International Hospital

Advertise with us

गणतन्त्र दैनिक सँग कुरा गर्दै सदस्य पदका उम्मेदवार धर्मेन्द्र श्रेष्ठले बबई लिफ्टीङ गरेर घोराहीबासीलाई पानी खुवाउने र कटुवा खोलामा हाईड्याम निर्माण गरेर ५० वर्षका लागि पिउने पानीको समस्या समाधान गर्नका लागि आफ्नो उम्मेदवारी दर्ता गरेको बताउनुभयो । ‘यो कार्यकालमा हामीले केहि महत्वपुर्ण आयोजनाहरुको सुरुवात गरेका छौँ, ती आयोजनाहरु सम्पन्न गर्नको लागि मेरो भुमिका महत्वपुर्ण रहेको मैले महसुस गरेको छु ।’ श्रेष्ठले भन्नुभयो ।

आधा दर्जन भन्दा बढि सामाजिक संघसस्थाहरुमा कार्यकुशलता देखाएर चर्चामा रहेका युवा श्रेष्ठले घोराही खानेपानीको विकास र विस्तारका लागि धेरै कामहरु गर्नुपर्ने भएकाले आगामी कार्यकालका लागि पनि सदस्यको प्रत्यासी भन्नु भएको छ । ‘समितिमा जाने भनेको आफ्नो योजनाहरुलाई साकार बनाउनको लागि जाने हो । वितेको कार्यकालमा धेरै राम्रा र उदाहरणीय कार्य भएका छन् ।’ श्रेष्ठले भन्नुभयो, ‘एक कार्यकालमा सबै योजनाहरु पुरा हुन सक्दैनन्, त्यसैले अबको कार्यकाल पनि मलाई सदस्यमा दोहोरिनु पर्ने आबस्यकता छ, भन्ने कुरा हाम उपभोक्ताहरुको आग्रह हो ।’

उपभोक्ताहरुको मन जित्न सफल भएका श्रेष्ठले यसपालि पनि उपभोक्ताहरुको चाहना अनुसार सदस्यमा पदमा दोस्रो पटकका लागि चुनावि मैदानमा हुनुहुन्छ । त्रिभुवननगर जेसिजको सफल नेतृत्व गरिसक्नु भएका श्रेष्ठले युवा क्षेत्रका चर्चित र क्रियाशिल हुनुहुन्छ । ६ कार्यकाल खाईसक्नु भएका देविबहादुर डिसी नेतृत्वको लोकतान्त्रीक प्यानलबाट श्रेष्ठले उम्मेदवारी घोषणा गर्नुभएको छ ।

‘घोराही उपमहानगर क्षेत्र भित्र शुद्ध, सरल र सहज रुपमा पिउने पानीको व्यवस्था गर्नका लागि वितेको कार्यकालले केहि राम्रा आयोजनाको सुरुवात गरेको छ ।’ श्रेष्ठले भन्नुभयो, ‘त्यो आयोजनाको प्रभावकारी रुपमा सम्पन्न गर्नका लागि मेरो आबस्यकता छ भन्ने मैले बुझेको छु, र उपभोक्ताबाट मेरो विषयमा कुनै प्रकारको नकारात्मक विषयहरु उठेका छैनन् ।’

सदस्य पदका उम्मेदवार श्रेष्ठले आफ्नो उम्मेदवारी आफ्नो स्वार्थका लागि भन्दा पनि आम उपभोक्ताहरुको आवस्यकताको विषय भएको बताउनुभयो । समितिको २ जना सदस्यका लागि ७ जनाको उम्मेदवारी दर्ता भएको छ ।