सिद्धार्थ एकेडेमीको ३८औं वार्षिक उत्सव

Buddha International Hospital

घोराही २५ माघ । सिद्धार्थ एकेडेमी आवासीय माध्यमिक बिध्यालयले आफ्नो ३८औं वार्षिक उत्सव भव्यताका साथ मनाएको छ । शुक्रबार भएको एक औपचारिक कार्यक्रमको आयोजना गरी बिध्यालयले आफ्नो वार्षिक उत्सव मनाएको छ ।

Advertise with us

विविध सांस्कृतिक कार्यक्रमहरुको आयोजना गरी बिध्यालयले खेलकुदका विभिन्न बिध्यामा विजयी हुने विद्यार्थीहरुलाई पुरस्कृत गरेको थियो । २०६१ सालमा मेरिगोल्ड विद्यालयलाई सिद्धार्थ एकेडेमीमा परिणत गरी सञ्चालनमा ल्याएको र अहिले नर्सरी कक्षा देखी कक्षा १२ सम्म १५ सयको हाराहारीमा विद्यार्थीहरु रहेको कलेजका प्रबन्धक निर्देशक नवराज सुवेदीले बताउनु भयो ।

वार्षिक उत्सव कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङ्गका अध्यक्ष सविन प्रियासनको प्रमुख आतिथ्यमा भएको थियो । कार्यक्रममा उँहाले विद्यालयको उज्ज्वल भविष्यको कामना गर्दै आगामी दिनहरुमा नेपाल पत्रकार महासंघ दाङ्गले सक्दो सहयोग गर्ने बताउनु भयो ।

कार्यक्रममा सिद्धार्थ एकेडेमीका प्रबन्ध निर्देशक नवराज सुवेदीको स्वागत मन्तव्य रहेको थियो । कार्यक्रममा एकेडेमीका सँचालक समितिका अध्यक्ष रेशमराज गिरीको अध्यक्षतामा रहेको थियो भने कार्यक्रमको सहजीकरण शिक्षक हरि डिसीले गर्नु भएको थियो ।

Advertise with us