दाङ दुधमा सक्षम

विचौलिया सक्रिय, किसान मुखी कार्यक्रम नहुँदा मर्कामा

Advertise with us

दिवाकर पोख्रेल

Buddha International Hospital

देउखुरी, माघ । दाङ जिल्ला दुग्ध उत्पादनको हिसावले आत्मनिर्भर बनेको छ । पछिल्लो समय किसानले दुग्ध व्यवसायलाई व्यवसायीकरण गर्न थालेपछि दुध उत्पादनमा बृद्धि आएको नेपाल डेरी एशोसियसनका केन्द्रिय सदस्य रेशमवहादुर खड्काले जानकारी दिनुभयो ।

Advertise with us

एशोसियसनका अनुसार दाङमा दैनिक १४ हजार लिटर दुधको माग भएपनि दैनिक २३ हजार दुध उत्पादन हुँदै आएको छ । तथ्याङ अनुसार दाङमा उत्पादन भएको दुध अन्य जिल्लामा पनि निर्यात भएको पाइन्छ । जिल्लामा सबैभन्दा धेरै दुध देउखुरी क्षेत्रमा उत्पादन हुँदै आएको देउखुरी उद्यमशिल सहकारी संस्थाले जनाएको छ । देउखुरी उपत्यकाबाट मात्रै ७० प्रतिसत दुध उत्पादन हुँदै आएको हो ।

दाङमै पाश्र्वराइच प्रविधिबाट दुधको प्रशोधन गर्दै आइरहेको उद्यमशिल सहकारी अन्तरगर्तको डेरी परियोजनाले मात्रै प्रर्ति बर्ष अढाइ करोडको दुग्धनज्य पदार्थमा कारोबार गर्दै आइरहेको छ । बजारमा दुधको माग बढ्दै गएपछि प्रत्येक बर्ष दुधको कारोबार बढ्दै गएको संस्थाका व्यवस्थापक विश्वराज अधिकारीले जानकारी दिनुभयो । तिनबर्ष पहिले दुइ करोड १८ लाख ५९ हजारको दुधको बारोबार गरेको सहकारीले आर्थिक गत आर्थिक बर्षमा दुइ करोड ५१ लाखको कारबार गरेको हो ।

बजारमा पाँच प्रतिसत प्रशोधित दुध

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले प्रशोधन विना खुल्ला रुपमा दुध विक्रीमा रोक लगाएपनि दुग्धजन्य पदार्थको खुला रुपमा विक्री हुँदै आएको छ । उपभोक्तामा दुधको गुणस्तरीयता सम्बन्धि ज्ञान नहुँदा र निगमन गर्ने निकायको कडाइ नहुँदा खुला रुपमा दुधको कारोबार हुँदै आएको स्वयम् व्यवसायी नै बताउँछन ।

सामान्यता बजारमा विक्री हुने दुधलाई चार डिग्री तापक्रम ल्याउने गरि प्रशोधन गरि पोकामा बन्द गरेर ब्राण्ड उल्लेख गर्नुपर्ने व्यवस्था भएपनि त्यसो हुन नसकीरहेको डेरी एशोसियसनका केन्द्रिय सदस्य रेशम खड्काले जानकारी दिनुभयो । दाङमा पाश्र्वराइच प्रकृयाबाट प्रशोधन गरेको दुधले जम्मा पाँच प्रतिसत मात्रै ओगटेकाले ९५ प्रतिसत प्रशोधन विना विक्री हुँदै आइरहेको हो ।

किसानमुखी कार्यक्रम आवश्यक

जिल्लामा उत्पादको हिसावले दुधले बजार नपाउँदा समस्या भएको दुग्ध उत्पादक किसानहरुको गुनासो छ । किसानसँग सस्तोमा दुध खरिद गरेर महङगोमा विक्री गर्ने विचौलिया पद्धती दुधमा पनि भएको किसानको गुनासो छ । दुग्ध उत्पादक किसान किशोर कुमार शर्माले सरकारले किसानको लागि ल्याएको सहुलियत कर्जा प्राप्त गर्न नसकेको बताउनुभयो ।

‘हामी किसानको लागि सहुलियत ऋण पाउने व्यवस्था छ भन्छन, बैंकमा जाँदा बैंकले दिदैन’ शर्माले भन्नुभयो । आफूहरुले प्रति लिटर ३० रुपैयाँसम्म विक्री गर्ने र बजारमा ७० रुपैयाँसम्म दुध विक्री हुने हुँदा किसान मर्कामा रहेको किसानको भनाइ छ ।

उद्यमशील कृषि बहुउद्देश्यिम कृषि सहकारी संस्थाले लमहीमा आयोजना गरेको दुग्धजन्य पदार्थको उत्पादन तथा बजारी करणको विषयमा अन्तरक्रिया कार्यक्रममा सरोकारवालहरुले नेपाल सरकारको कृषि नीति किसान मुखी नभएको बताएका छन् । सहभागि दुग्ध व्यवसायी, स्थानीय तहका प्रतिनिधी तथा प्राविधिकहरुले राज्यको सुविधा सहजै नपाएको किसानले बताएका हुन । राज्यको सुविधा ल्याएकोले व्यवसाय नगरेको व्यवसाय गरेकाले सुविधा नपाएको उनीहरुको भनाई छ ।

कार्यक्रममा राजपुर गाउँपालिका स्वास्थ्य शाखाका अनन्त रेग्मीले राजपुर गाउँमा दुध संकलन केन्द्र आवश्यक रहेको बताउनुभयो । ‘सबैभन्दा धेरै दुध संकलन हुने गाउँपालिकामा संकलन केन्द्र छैन, किसानहरु लामो समय दुध वोकेर विक्री गर्न बाध्य छन’ उहाँले भन्नुभयो ।

यसैगरी गाउँपालिका प्रवत्ता श्यामवहादुर रोकाले गाउँपालिकाले कृषि क्षेत्रकै लागि लक्षित गरेर बजेट विनिजयोजन गरेपनि दुग्ध उत्पादक किसानहरुलाई सेवा सुविधा दिन नसकेको बताउनुभयो । ‘गाउँपालिकामै दुध संकलन केन्द्र स्थापनाको लागि स्थानीय सरकारले पहल गर्छ’ रोकाले भन्नुभयो । कार्यक्रममा लमही नगरपालिका पशु शाखाका शिवराज न्यौपानेले दुधको महत्व, दुधको शुद्धता र नेपालमा दुध खपतको अवस्थाको बारेमा जानकारी गराउनु भएको थियो ।