घोराही खानेपानीको विकास र विस्तारका लागि श्रेष्ठको उम्मेदवारी

घोराही, माघ । आधा दर्जन भन्दा बढि सामाजिक संघसस्थाहरुमा कार्यकुशलता देखाएर चर्चामा रहका युवा धर्मेन्द्र श्रेष्ठले घोराही खानेपानी उपभोक्ता तथा सरसफाई समितिको आगामी कार्यकालका लागि सदस्य पदमा उम्मेदवारी दिनु भएको छ ।

Buddha International Hospital

Advertise with us

समितिको सदस्यमा पदमा रहेर एक कार्यकाल काम गरिसक्नु भएका धर्मेन्द्र श्रेष्ठले घोराही खानेपानीको विकास र विस्तारका लागि धेरै कामहरु गर्नुपर्ने भएकाले आगामी कार्यकालका लागि पनि सदस्यको प्रत्यासी भन्नु भएको छ । ‘समितिमा जाने भनेको आफ्नो योजनाहरुलाई साकार बनाउनको लागि जाने हो । वितेको कार्यकालमा धेरै राम्रा र उदाहरणीय कार्य भएका छन् ।

’ श्रेष्ठले भन्नुभयो, ‘एक कार्यकालमा सबै योजनाहरु पुरा हुन सक्दैनन्, त्यसैले अबको कार्यकाल पनि मलाई सदस्यमा दोहोरिनु पर्ने आबस्यकता छ, भन्ने कुरा हाम उपभोक्ताहरुको आग्रह हो ।’ उपभोक्ताहरुको मन जित्न सफल भएका श्रेष्ठले यसपालि पनि उपभोक्ताहरुको चाहना अनुसार सदस्यमा पदमा दोस्रो पटकका लागि चुनावि मैदानमा हुनुहुन्छ ।

६ कार्यकाल खाईसक्नु भएका देविबहादुर डिसी नेतृत्वको लोकतान्त्रीक प्यानलबाट श्रेष्ठले उम्मेदवारी घोषणा गर्नुभएको छ । ‘घोराही उपमहानगर क्षेत्र भित्र शुद्ध, सरल र सहज रुपमा पीउने पानीको व्यवस्था गर्नका लागि वितेको कार्यकालले केहि राम्रा आयोजनाको सुरुवात गरेको छ ।’ श्रेष्ठले भन्नुभयो, ‘त्यो आयोजनाको प्रभावकारी रुपमा सम्पन्न गर्नका लागि मेरो आबस्यकता छ भन्ने मैले बुझेको छु, र उपभोक्ताबाट मेरो विषयमा कुनै प्रकारको नकारात्मक विषयहरु उठेका छैनन् ।’

सदस्य पदका उम्मेदवार श्रेष्ठले आफ्नो उम्मेदवारी आफ्नो स्वार्थका लागि भन्दा पनि आम उपभोक्ताहरुको आवस्यकताको विषय भएको बताउनुभयो । समितिको २ जना सदस्यका लागि ७ जनाको उम्मेदवारी दर्ता भएको छ ।

Advertise with us