खानेपानीमा पहिलो पटक अपाङ्ग महिलाको उम्मेद्वारी

Advertise with us

घोराही खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको माघ २६ गते हुन गइरहेको अधिवेशनमा पहिलो पटक अपाङ्ग महिलाको उम्मेद्धारी दिनु भएको छ । घोराही उपमहानगरपालिका वडा नं. १५ बस्ने शारिरीक अपाङ्गता भएका भुमा चौधरीले उम्मेद्धारी दिनुभएको हो ।

Buddha International Hospital

Advertise with us

चौधरीको जन्म २०४१ सालमा भएको हो । उहाँ जन्मजात शारिरीक अपाङ्गता हुनुहुन्छ । उहाँका दुवै खुटटा कम्जोर रहेका छन् । अपाङ्गताको बावजुत पनि एक जुझारु र मेहनती चौधरी २०६० साल देखि दाङको घोराहीमा क्रियासिल अपाङ्ग मानव अधिकार एवं सरोकार मंच नेपालको साधारण सदस्य हुदै विभिन्न पदाधिकारीको जिम्मेवारी सम्हाल्दै सामाजिक अभियानमा सशक्त रुपमा लागि पर्नु भएको छ ।

हाल उहाँ राष्ट्रिय अपाङ्ग महासंघ नेपालको केन्द्रिय अनुसासन विभाग सदस्य र नेपाल अपाङ्ग संघ खगेन्द्र नव जिवन केन्द्र जोरपार्टीको केन्द्रिय सदस्य एवं दाङ जिल्ला शाखा सचिवको जिम्मेवारी समाल्दै आउनु भएको छ, भने संकल्प महिला संजालको मध्यपश्चिम क्षेत्रिय उपाध्यक्षको समेत जिम्मेवारी कुसलतापुर्वक निर्वाह गरि सक्नुभएको छ ।

अपाङ्गता भएका व्यक्तिहरुलाई समस्या पर्दा जहाँ पनि सहजै पुगेर समाधान गर्न चतुर तथा कुसल नेतृको रुपमा चिनिनु भएका चौधरीले प्रगतिशिल प्यालनको तर्फबाट महिला सदस्यको पदमा उम्मेद्धारी दिनुभएको छ । अपाङ्गता क्षेत्र बाहेक पनि विभिन्न सामाजिक क्षेत्रमा सशक्त रुपमा प्रस्तुत हुदै आउनु भएका चौधरी खानेपानीको समस्यालाई हल गर्न र सफा र सहजै उपभोक्ताले पानीको प्रयोग गर्न पाउनु पर्ने अधिकारको सुनिश्चताको लागि आफनो उम्मेद्धारी रहेको बताउनु भएको छ ।

आफु जस्तै अपाङ्गता भएका व्यक्तिहरुले सामाजिक जिम्मेवारी पुरा गर्ने दायित्व रहेको र उक्त जिम्मेवारी पुरा गर्ने दायित्व आफनो रहेकाले जिम्मेवारी पुरा गर्ने बताउनु भएको छ, भने अपाङ्गता भएका व्यक्तिहरुलाई यो समाजले अनुपादक जनशक्ति र दयाको रुपमा मात्र हेर्ने गरेकाले उक्त कुरालाई चिर्नको लागि समेत खानेपानी उपभोक्ता समितिको आसन्न अधिबेसनका लागि उम्मेद्धारी दिएकोले आफुलाई काम गरेर देखाउने अवसर प्रदान गर्नको लागि सम्पुर्ण उपभोक्ता मतदाताहरुलाई अनुरोध गर्नु भएको छ । घोराही खानेपानी उपभोक्ता समितिमा अपाङ्ग महिलाको उम्मेद्धारी परेको सम्भवतः यो पहिलो पटक नै हो ।