मृगौला पिडित लक्ष्मीको अपिल, जीवन रक्षा गरिदिनुस

घोराही, २४ माघ | तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ पैयाँखोर निबासी मृगौला रोगबाट पिडित लक्ष्मिश्रीस वलीले आफ्नो जीवन रक्षा गरिदिन अपिल गर्नुभएको छ । दुबै मृगौलाले काम गर्न छोडेपछि उपचारका लागि अस्पतालमा भर्ना हुनुभएका वलीले आर्थिक सहयोग गरेर उपचारमा सघाउन अपिल गर्नुभएको हो ।

Buddha International Hospital

Advertise with us

मृगौला प्रत्यारोपण गर्नका लागि निकै धेरै रकम लाग्ने भन्दै वलीले सहयोग जुटाएर जीवन रक्षा गरि दिन बुटवलको गौतमबुद्ध सामुदायिक मुटु अस्पतालको बेडबाट अपिल गर्नुभएको छ । अहिले नियमित डाईलाईसिस भैरहेको भन्दै उहाँले परिवारको आर्थिक अबस्थाले धान्न नसकेपछि उपचारका लागि हारगुहार गर्नु परेको लक्ष्मीले बाध्यता सुनाउनुभयो ।

वलीका श्रीमान लोबहादुर वलीले आफ्नी ३१ बर्षिया श्रीमतीको जीवन रक्षा गरिदिन सबैमा अपिल गर्दै हिड्नुभएको छ । सहयोग गर्न चाहानेले सिद्धार्थ बैंकको खाता नम्बर ०१४१५१५४८६१ मा जम्मा गरेर श्रीमतीको जीवन बचाईदिन अपिल गर्नुभएको छ ।

Advertise with us