कपिलवस्तुमा स्वास्थ्यकर्मीसहित २५ जनामा कोरोना पुष्टि

दाङ, २३ साउन । कपिलवस्तु जिल्लामा २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यही साउन १९ गते संकलन गरिएको स्वाबको नमूना काठमाडौंको प्रयोगशालामा परीक्षण गर्दा २५ जनामा कोरोना पुष्टि भएको हो ।

TMart

यससँगै कपिलवस्तु जिल्लामा कोरोना पुष्टि भएकाको संख्या ८ सय ४० पुगेको जिल्ला जनस्वास्थ्य कार्यालयले जानकारी दिएको छ । कपिलवस्तु नगरपालिका क्षेत्रभित्र सन्चालित बैंक तथा वित्तिय संस्थाबाट संकलन गरिएका नमूनाहरुमध्ये १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैगरी मेडिकल हल र पोलिक्लिनिकका ३ जना, गैरसरकारी संस्थामा कार्यरत ३ जना, बजार क्षेत्रका ३ जना र शिक्षक २ जनामा कोरोना पुष्टि भएको छ ।