समाजसेवी संचारकर्मी

Advertise with us

रीता लामा

देउखुरी तिर सबै भन्दा धेरै खोजिने, सोधिने, चासो दिइने र सबैले माया अनि सम्मान गर्ने उनकै नाम बन्न पुगेको छ ।
महेश रिजाल ।
Advertise with us
यो नाम देउखुरीको पत्रकारहरुको पर्यावाची नाम हो ।

 

Buddha International Hospital

उमेरले उनी ५१ बर्ष भए । तर सधै भेटघाट र लेखन मै व्यस्त हुन्छन । उमेरले नेटो काटे पनि व्यवसायीक रुपमा सक्रिय संचारकर्मी महेश रिजाल पत्रकारीता गर्न थालेकै २८ बर्ष भयो । उहाँको सक्रियता उस्तै छ । पत्रकारीताप्रतिको लगाव धेर्यता, मेहेनत, समर्पण अझै युवा अवस्था कै छ ।
पत्रकारीताको सुरुवात कसरी भयो ? उनी सुनाउछन – ‘२०४७ तिर भालुवाङमा युवा क्लव गठन गरे । राजनीतिक चेतना विस्तार तिर लागे, रक्सी मुक्त गाउँको अभियान सुरु भयो, सरसफाइका कामहरु गर्न थालियो ।’
त्यही क्लवले गरेको कामको सुचना लिएर घोराहीसम्म आए । नयाँ युगवोध दैनिकमा पुगे । प्रकाशक÷सम्पादक प्रताप रेग्मीसँग भेट भयो र अर्को दिन पत्रिकामा क्लवको समाचार छापियो । उनी दंग भए । आफैले लेखेको समाचार आउदा भाइभाइ बीच उनको चर्चा भयो ।
सोही कारण समाचार लेख्न तिर चासो जान थाल्यो । प्रकाशक रेग्मीले उनलाई युगवोधमा आवद्ध गराए । र उनी एउटा विद्यार्थी, अभियानकर्मीबाट पत्रकार भए ।
देउखुरी तिर सबै भन्दा धेरै खोजिने, सोधिने, चासो दिइने र सबैले माया अनि सम्मान गर्ने उनकै नाम बन्न पुगेको छ ।
महेश रिजाल ।
यो नाम देउखुरीको पत्रकारहरुको पर्यावाची नाम हो । युगवोधसँगै उनले २०५० सालबाट नयाँ दिशा दैनिक(बुटवल) हाँक साप्ताहिक(काठमान्डौ)मा पनि लामो समयसम्म काम गरे । पत्रकारीतामा संर्घष गरेका रिजाल बैश सबै पत्रकारीताले खायो ।
पत्रकारीताबाट के पाए त ? भन्छन ‘जीवन गुजारे, समाजमा पहिचान बनाए । सबै भन्दा महत्वपुर्ण कुरा त समाजसेवा गर्ने अवसर पाए ।’ अहिले भालुवाङका एउटा सबैले मन पराउने अगुवा पनि बनेका छन ।
कसैको सम्पत्तिमा झगडा प¥यो । सिचाइ पुगेन । महिला हिंसा भयो । कसैको कसैसँग खटपट भयो । उनै पत्रकार महेश रिजाल सबै भन्दा बढी खोजिने पात्र हुन । कुनै संघ संस्था होस वा राजनीतिक दल उनीलाई सबैले चासो दिन्छन । गाउँमा विकास चाहिएको होस वा विनास हुदै गरेको होस । उनै खोजिन्छन । सबैलाई उनै चाहिन्छन । सोही कारण हुन सक्छ । रिजाल पनि सबैको सहयोगी बन्ने गरेका छन । उनी पत्रकारसँगसगै समाजसेवामा बढी देखिन्छन । पत्रकारको संगठनमा पनि उनी सक्रिय छन ।

 

समामाचार लेखेर प्रहरी हिरासतमा
२०५३ साल तिरको कुरा हो । गाउँमा खसि काटियो । इलाका प्रहरी कार्यालय भालुवाङमा तत्कालिन प्रहरी निरिक्षक शैलेन्द्रकुमार रेग्मी कार्यरत थिए । उनले बुधवारको दिन किन खसी काटेको भन्दै काटिएको खसिको मासु जफत गरे । गाउँलेलाई थुने । पछि खसि घर फर्कियो । पत्रकार महेश रिजाल किन फिर्ता भयो भनेर सोध्न गए । गाउँले ६ सय रुपैया बुझाए पछि फिर्ता पायौ भने । उनले त्यसैलाई समाचार बनाए । ‘खसि काट्दा ६ सय घुस’ भन्ने शिर्षकको समाचार नयाँ दिसा पत्रिकामा छापियो । समाचार आए लगत्तै पत्रकार रिजाललाइ प्रहरी हिरासतमा लगियो । उनलाई उनै प्रहरी निरिक्षक रेग्मीले दिनभरी राखे र अव नलेख्ने सर्तमा छोडे । पछि द्धन्द्ध कालमा उनको मृत्यु भएको खवर रिजालले सुने ।

राजनीतिमा पनि सक्रिय
प्रदेश पाँचको पहाडी जिल्ला प्युठानमा जन्मिए र भारतको आसाममा हुर्किए । भारतिय सेनामा रहेका बुवासँगसँगै उनको पढाइ, हुर्काइ भारतमा भयो । २०४५ साल तिर भारतबाट नेपाल फर्के पछि बाल जनता माविमा अध्यापन पनि गरे ।
२०४६ सालको आन्दोलनमा उनी पनि एक सक्रिय आन्दोलनकारी हुन । आन्दोलनकै क्रममा भारतले नाकाबन्दी ग¥यो । नेता मरिचमानले घरघरमा तेले पु¥याउने आश्वासन दिए । त्यसपछि उनी पनि आन्दोलनमा होमिए ।
भन्छन ‘म लगातार १५ दिनसम्म बहुदलिय व्यवस्था जिन्दावाद, राजतन्त्र मुर्दाबाद भन्दै आन्दोलनमा हिडेको हुँ ।’ त्यस पछि राजनीतिको भुत चढ्यो । संयुक्त युवा क्लव गठन गरे । क्लवमा हुदाँ रातिराजति भित्ते लेखन गर्ने, राजनीतिक चेतना विस्तार गर्ने काम गरे । रक्सी विरुद्धको आन्दोलन पनि चलाए तर सफल हुन सकेनन ।
२०४७ साल तिर पत्रकार कृष्णशेन इच्छुक जेलबाट मुक्त भए । उनको क्लवका साथीहरुलाई उनी इच्छुकको प्रशिक्षित गर्न थाले । माक्सवाद लेनिनवाद, माओवाद जिन्दावादका नारा गाउँमा लाग्न थाल्यो । महान सर्वहारा सांस्कृतिक क्रान्ती जिन्दावाद संसारका मजुदर एक हौ । भन्ने जस्ता नाराहरु गाउँमा लाग्न थाले । तर यहाँ कलिला युवालाई यी सब के थाहाँ ? तर उनी भने यी नाराबाट प्रभावित हुन थालेका थिए । इच्छुकले यीनै नाराहरु भित्ते लेखन गर्न लगाए । गाउँका युवाहरुले गरे पनि ।
पछि राष्ट्रिय जनमोर्चाका रश्मीराज नेपालीसँग भेट भयो । उनीसँग राजनीतिक कार्यक्रममा जान थाले । पछि उन कै पाटीमा लागे । अहिले उनी राष्ट्रिय जनमोर्चाको जिल्ला उपाध्यक्ष छन । जनमोर्चा निकट पत्रकार संगठन प्रगतिशिल पत्रकार संघ दाङको अध्यक्ष छन ।
२०५४ सालमा वडा अध्यक्ष भए । २०७४ सालमा नयाँ जनप्रतिनीधि नआउदाँसम्म उनैलाई गाउँलेहरुले वडा अध्यक्ष माने र काम गराए । उनी पनि जनताको काममा निकै सक्रिय भएर काम गरे ।