वंगलादेश पुगेर माया आचार्यले भनिन् ‘स्वास्थ्यका लागि हामी गम्भिर छौ’

जनस्वास्थ्य सम्वन्धि सम्मेलनमा भाग लिनका लागि तुलसीपुर उपमहानगरपालिकाकी उपप्रमुख माया आचार्य वंगलादेशको राजधानी ढाका पुगेकी छिन् । विश्वका विभिन्न २६ देशका महिलाहरुको सहभागिता रहेको सम्मेलनमा आचार्य सहितको समुह त्यहाँ पुगेको हो ।
चार दिनसम्म आयोजना गरिने सम्मेलनको समापन कार्यक्रमलाई सम्वोधन गर्दै उपप्रमुख आचार्यले जनताको स्वास्थ्य सुधारका लागि तुलसीपुर उपमहानगरपालिकाले गरेका कामहरुको जानकारी गराएकी थिइन् । ‘हामीले स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेका छौ ’ उपप्रमुख आचार्यले भनिन । उनले सर्वसुलभ स्वास्थ्य सेवाका सबैतर्फबाट सहयोग गर्नुपर्ने कुरा समेत वताईन् । जनताको स्वास्थ्य सुधारका लागि अस्पतालमात्रै स्थापना गर्नुभन्दा पनि कसरी निरोगी रहने भन्ने कुरा प्रमुख रहेको उनको भनाई थियो । ‘विरामी भएर कसरी निको पार्ने मात्रै भन्दा पनि जनतालाई कसरी निरोगी राख्ने भन्ने कुरामा पनि हामीले ध्यान दिनुपर्दछ’ उनले भनिन् ।
ओरेक नेपालको संयोजनमा उपप्रमुख माया आचार्य सहित, ओरेक नेपालकी दिपा धिताल लगायत स्थानीय तहका महिला प्रतिनिधिको सहभागिता रहेको थियो ।