सधै पछाडी मात्रै बस्ने किन ?

कसैको वाईकमा पछाडी बस्नुलाई यहि समुदायका अधिकांश व्यक्तिहरुले गलत नजरले पनि हेर्दा रहेछन् भन्ने कुरा पनि मेरो लागी सिकाई बनेको छ ।

Advertise with us

पार्वती बस्नेत

कसैको वाईकमा पछाडी बस्नुलाई यहि समुदायका अधिकांश व्यक्तिहरुले गलत नजरले पनि हेर्दा रहेछन् भन्ने कुरा पनि मेरो लागी सिकाई बनेको छ ।

Advertise with us

 

Buddha International Hospital

 

विभिन्न संघ संस्थाहरुले महिला क्षमता र विकासका कुराहरुलाई लिएर गाउँ समुदायमै पुगेर महिला शसक्तिकरण सम्बन्धि अनगिन्ती कार्यक्रमहरु गरेको पाईन्छ ।
आधा आकाश ढाकेका महिलाहरुको अवस्थामा जवसम्म आर्थिक, सामाजिक, राजनितिक तरिकाले समावशी सहभागिता र नेतृत्वको कुरामा पहुँच पुग्दैन् र परिवर्तन आउदैन् । त्यत्तिन्जेलसम्म साच्चिकै समुदायमा विकासको बाटोहरु खुलेको मान्न कठिन नै रहेको छ ।
यसरी मैले कुरा गरिरहदा महिलाहरु आज कहाँ देखि कहाँसम्म पुगिसकेका छन् नी भन्ने पनि होला तर घरपरिवार, समुदायमा हुने यीनै साना साना कुराहरुले पनि महिला सशक्तिकरण तथा समाज रुपान्तरणमा अहम् भुमिका निर्वाह गरेको देखिन्छ ।
हुन त महिलाले आजको यो युगमा प्लेन उडाउन सकेका छन् । त्यत्ति मात्रै कहाँ हो ? राष्ट्रकै प्रमुख बनेर आफ्नो नेतृत्वलाई बहन पनि गरिरहेका छन् । तर पनि समाजमा परिवर्तनका ज्वारभाटाहरु नउठेका त होइनन् तर पनि समाज अझै पनि पितृसत्तात्मक मानसिकताले ग्रसित छ । समाज पितृसत्तात्मक किन नहोस् । त्यो मानसिकताबाट एउटी सामान्य महिला पनि प्रभावित बन्न पुगेकी हुन्छे ।
चेतनासँगै उसको सिप विकासका कुराहरुमा पनि महिलाहरुमा साच्चिकै परिवर्तन ल्याउन सकियो भने अझ गज्जब हुने थियो भन्ने लाग्छ । हुन त मान्छेको सोचाईमा भरपर्ने हुन हरेक कुराहरु तरपनि न महिला न पुरुष हरेक व्यक्ति आफु सक्षम हुनका लागी हरेक कुरामा दक्ष चाहि हुनैपर्ने रहेछ भन्ने लाग्छ । यो प्रसंगलाई यहाँ मैले किन जोड्न खोजेको भने हिजका दिनमा भन्दा आजभोलि मेरो पेशा परिवर्तन भएको छ ।


हिजोका दिनहरुमा मैले रेडियोमा काम गर्दा बसुन्धरा गौत्म दिदिको स्कुटी र शुलोचना गौतम् म्यामको मोटरसाईकलको (ब्याक साईट बसेर) वा सन्तोष सुवेदी दाईको मोटरसाईकलमा सवार गरेरै रिपोर्टिङका यात्राहरु पुरा गरेको थिए । त्यो बेला आवश्यक्ता पनि महशुस भएन कुनै रहर पनि मनमा जागेन तर आजभोलि फिल्डमा कुद्दा यो कुराको आवश्यक्ता महशुस हुन थालेको छ । आवश्यक्तासँगै कसैको वाईकमा पछाडी बस्नुलाई यहि समुदायका अधिकांश व्यक्तिहरुले गलत नजरले पनि हेर्दा रहेछन् भन्ने कुराको पनि मेरो लागी सिकाई बनेको छ ।
थाहा छैन् यो तितो अनुभुति मेरो लागी मात्रै हो कि तपाईहरुले पनि भोग्नुभएको छ तर कसैको बाईक अर्थात नचिनेको जो कोहिको वाईकमा त को नै बस्छ होला र तरपनि सधै पछाडी मात्रै बस्ने किन बन्ने हामीहरु आफुले साधन हाकेर पछाडी बसाल्न सक्ने किन नबन्ने ? यो कुरा गरिरहदा अधिकाशं व्यक्तिहरुले सोच्नुहोला साच्चिकै महिलाहरु कहाँबाट कहाँ पुगिसके भनेर सोच्नुहोला तर यिनै झिनामसिना कुराहरुमा हाम्रो समाज अझै पनि अल्झीरहेको रहेछ भन्ने कुरा पनि मेरा लागी सिकाई हुदैछ । साच्चिकै यस्ता साना कुराहरुमा अल्झीरहने हामीहरुले कहिले यो देशमा शसक्तिकरण तथा समृद्धिको क्रान्ति ल्याउन सकौला र ? यो हरेकका लागी सोचनिय बिषय नै रहेको छ ।