बंगलाचुली पहिराे पीडित परिवारलाई घोराहीका युवाद्वारा राहत प्रदान

 

TMart

दाङ, २० साउन । दाङको बंगलाचुली गाउँपालिका वडा नं. ५ साकिनेका पहिराेमा परी ज्यान गुमाएका मृतकका परिवारलाई विदेशबाट र घाेराहीका विभिन्न व्यक्तिहरुबाट रकम संकलन गरी राहत प्रदान गरिएकाे छ । अत्यन्तै कमजाेर आर्थिक अवस्था रहेकाे पीडित परिवारकाे घरकाे दयनीय अवस्था थाहा पाएपछि देश बाहिर रहेका र घाेराहीका केही मनकारी युवाहरूले आफै रकम संकलन गरी साेमबार पीडित परिवारकाे घरमै पुगेर सहयाेग गरेका छन् ।

उनीहरुले ४० हजार बराबरको विभिन्न खाद्य सामग्रीहरु बंगलाचुली गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष एनुराज खत्रीमार्फत पीडित परिवारलाई हस्तान्तरण गरेका हुन् । मृतकका ससुरा बेबुराम परियार र मृतककी ५ वर्षीया छोरी एलिसा परियारलाई बेग्लाबेग्लै भेटगरी आधा आधा सामग्रीहरु हस्तान्तरण गरे ।

साे अवसरमा सोनम चामल – ६ बोरा, पाल्की चामल – ७ बोरा, मिक्स दाल – १ बोरा (३० केजी), लुगाधुने ठूलो साबुन – १ दर्जन, नुहाउने साबुन – १ दर्जन, भाडा माझ्ने साबुन – १ दर्जन, भाडा माझ्ने जाली – १ दर्जन, कर्नफ्लेक्स – १ पोका, नुन – ५ पोका, साेन पापडी – १ डब्बा, कपि – १ दर्जन, पेन्सिल – १ दर्जन, कटर – १ दर्जन, इरेजर – १ दर्जन, कोलगेट – ५ पिस, ब्रस – ४ पिस, सलाई – ४ डिब्बा, भुजा – ११ पोका, विस्कुट – ६ दर्जन, तोरी तेल – ५ लिटर, बेसार – आधा केजी, मसला – आधा केजी, जीरा – आधा केजी, खुर्सानी पाउडर – २०० ग्राम, फुरनदाना – ३ पोका, चिउरा ३ पोका, दालमोठ – २ पोका, वाईवाई चाउचाउ – २ पेटी, कपडामा विन्ड प्रुफ ज्याकेट – १, ट्रयाक – १ र कन्भर्स सुज- १ थान हस्तान्तरण गरिएकाे छ ।


घाेराही दामाेदर चाेकस्थित सस्ताे किराना पसलका गणेश श्रेष्ठ, घाेराहीका रमेन्द्र श्रेष्ठ, बामदेव सुवेदी घोराही, दिपक बस्नेत हेमन्तपुर, टि-मार्ट घोराही, मुकेश डिसी, सुमन अधिकारी, शिवराज रेग्मी, विदेशबाट २ जना, अष्ट्रेलियाबाट एक जना, क्यानडाबाट एक जना र नरेन्द्र पुनबाट गरी करीब ४० हजार बराबरको राहत सहयोग प्रदान गरिएकाे छ । युवाहरूकाे उक्त समुहले जिल्लाका विभिन्न स्थानमा विपदमा परेका, आर्थिक अवस्था निकै कमजाेर भइ दैनिकी चलाउनै समस्यामा परेका, आर्थिक अभावले उपचारमा समस्यामा परेकाहरूका लागि सहयाेग गर्दै आएकाे छ ।


मृतककी ५ वर्षीया जेठी एलिसा याे घटना पश्चात मामा घरमा बस्न थालेकाले आधा सामान बालिकाकाे मामा तुलसीराम परिवारकाे अभिभावकत्वमा हस्तान्तण गरिएकाे छ । राहत हस्तान्तरण कार्यक्रममा वडा अध्यक्ष खत्रीले बालिका एलिसाकाे लालनपालन, शिक्षा दिक्षाकाे वातावरण मिलाउने काममा कुनै कमी नराख्ने वचन दिएका छन् । पहिराे पीडितकाे घर बनाइ दिने कामका लागि आवश्यक पहल भइरहेकाे उनले बताए । उनले विभिन्न संघसंस्था र सरकारी निकायबाट प्राप्त नगद सहयोगको सहि सदुपयोग हुने प्रतिवद्धता जनाएका छन् ।

घटना भएपश्चात जिल्ला प्रशासन कार्यालयबाट एक टाेली पुगेर घटना अध्ययन गर्दै नेपाल सरकार मन्त्रीपरिषदले गरेकाे निर्णय बमाेजिम ३ लाख राहतसमेत उपलब्ध गराएकाे छ । साे रकम र पछि सहयाेग स्वरूप प्राप्त हुने रकम बालिका एलिसाकाे नाममा निकाल्न मिल्ने गरी बैंक खातामा दाखिला गरिने वडा अध्यक्ष खत्रीले बताए ।

गएकाे साउन ७ गते बुधबार राति परेको अविरल वर्षाका कारण घरमाथिबाट खसेकाे ठूलाे ढिस्काेले पुरिएर आमा छोरीको मृत्यु भएको थियो । २४ वर्षीया बाटुली परियार र उनकी २ वर्षीया छाेरी आयुष्माकाे सुतिरहेकै अवस्थामा पहिराेले च्याप्दा ज्यान गएकाे थियाे ।

उक्त दिन जेठी छाेरी एलिसा परियार मामा घर गएकाले उनकाे ज्यान जाेगिएकाे हाे । १ वर्ष अघि बाबु गुमाएकी एलिसाले आमा र बहिनी गुमाउँदा बेसहारा भएकी छिन् । उनी अहिले मामा घर बंगलाचुली ३ दाङवाङमा बस्दै आएकी छिन् । उनकाे रेखदेख अहिले मामाहरू तुलसीराम परियार र सन्ताेष परियारले गरिरहेका छन् ।