जीतसागर जी.एम.
दाङ, १९ साउन। प्रदेश नम्बर पाँचमा पछिल्लो समय दैनिक सरदर १४ जना नयाँ संक्रमित थपिने गरेका छन् । प्रदेशका १२ वटा जिल्लामा १० दिनको अवधिमा दैनिक १४ जना नयाँ संक्रमित थपिएको तथ्यांक देखिएको हो । प्रदेशमा साउन १० गतेदेखि १९ गतेसम्म १३९ जना नयाँ संक्रमित थपिएको प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांकले देखाएको छ ।
प्रदेशमा साउन ११ गते ४ जना, साउन १२ गते ९ जना, साउन १३ गते ३८ जना, साउन १५ गते ४४ जना, साउन १६ गते ६ जना, साउन १७ गते ५ जना, १८ गते २१ जना र १९ गते १२ जना नयाँ संक्रमित थपिएका छन् । अहिलेसम्म प्रदेशमा कुल संक्रमितको संख्या ४ हजार ३२० पुगेको छ भने ४ हजार ६६ जना निको भएर घर फर्किएको निर्देशनालयले जनाएको छ । प्रदेश पाँचमा १४ गते नया संक्रमित थपिएका थिएनन् ।
यसैबिच प्रदेशमा कोरोनाबाट निको हुने दर पछिल्लो एक सातामा स्थिर देखिएको छ ।निर्देशनालयको आइतबारसम्मको तथ्यांक अनुसार प्रदेशमा पछिल्लो दुई दिनमा गतेसम्म निको हुनेदर ९४ प्रतिशतको नजिक पुगेको छ । प्रदेशमा सोमबारसम्म कुल संक्रमित ४ हजार ३ सय २० मध्ये ४ हजार ६६ जना बिरामी निको भएर घर फर्केका छन् ।
जुन कुल संक्रमित संख्याको ९४ दशमलव १२ प्रतिशत बिरामी निको भएको देखिएको छ । प्रदेशमा कोरोना संक्रमित निको हुँदै गएपनि थपिनेको संख्या उस्तै रहेको निर्देशनालयका सुचना अधिकारी मानबहादुर वलीले जानकारी दिए । प्रदेशमा साउन १० गतेसम्म कुल संक्रमित ४ हजार १ सय ८१ मध्ये ३ हजार ८८६ जना निको भएका थिए भने सक्रिय संक्रमितको संख्या २८२ रहेको थियो । जुन निको हुने प्रतिशत ९२ दशमलव ९४ रहेको थियो ।
साउन ११ गते प्रदेशभर ४ जना नयाँ संक्रमित संक्रमित थपिएर कुल संक्रमितको संख्या ४हजार १८५ पुगेको थियो भने ५ जना डिस्चार्ज भएका थिए । तथ्यांक अनुसार सोही दिन ९२ दशमलव ९७ निको भएका थिए । साउन १२ गते ९ जना संक्रमित थपिएका थिए भने ८ जना थप डिस्चार्ज भएर ९२ दशमलव ९६ प्रतिशत निको भएको देखिएको छ ।
साउन १३ गते ३८ जना संक्रमित थपिर कुल संक्रमितको संख्या ४ हजार २ सय ३२ पुगेकोमा ५ जना डिस्चार्ज भएर कुल डिस्चार्ज हुनेको संख्या ३ हजार ९०४ पुगेको थियो । जुन निको भएको प्रतिशत ९२ दशमलव २४ मा झरेको थियो । त्यसैगरी साउन १४ गते थप १२ जना डिस्चार्ज भएर कुल निको हुनेको संख्या ३ हजार ९१८ पुगेको थियो । जुन कुलसंक्रमित मध्ये निको हुने प्रतिशत ९२ दशमलव ५८ पुगेको थियो । उक्त दिन नयाँ संक्रमित थपिएका थिएनन् ।
त्यसैगरी साउन १५ गते नयाँ कोरोना संक्रमित ४६ जना थपिए भने थप ८ जना डिस्चार्ज भएका थिए । साउन १५ गते डिस्चार्ज हुनेको संख्या संक्रमित हुने संख्याका बढेपछि निको हुने ९१ दशमलव ३८ प्रतिशतमा झरेको थियो । त्यसैगरी साउन १६ गते ६ जना नयाँ संक्रमित थपिएर कुल संक्रमितको संख्या ४ हजार २ सय ८२ पुगेको छ भने निको हुनेको संख्या ३ हजार ९५६ पुगेको छ । निको हुने प्रतिशत ९२ दशमलव ३८ मै स्थिर रहेको छ । शुक्रबार साउन १६ गतेसम्मको तथ्यांक अनुसार अहिले ३१३ जना सक्रिय संक्रमित रहेका छन् । यस्तै साउन १७ गते कुल संक्रमित ४ हजार २८७ रहेकोमा निको हुनेको संख्या ३ हजार ९७३ पुगेको छ । जुन ९२ दशमलव ६४ प्रतिशत हो । यस्तै साउन १८ गते २१ ज्ना नयाँ संक्रमित थपिएर कुल संक्रमितको संख्या ४ हजार ३०८ पुगेकोमा निको हुनेको संख्या ४ हजार ६६ पुगको छ भने साउन १९ गते संक्रमित डिस्चार्ज भएनन् ।