बिदेशीले लिएका तीन सय बढी नेपाली नागरिकता रद्द

Advertise with us


घोराही, २३ माघ | सरकारले जाली कागजात पेस गरेर नेपाली नागरिकता लिएका बिदेशी नागरिकका तीन सय बढी रद्द गरिएको छ । करिब दुई दशकसम्म बितरण गरिएका तीन सय ३९ जना विदेशी नागरिकको नेपाली नागरिकता रद्द गरिएको हो ।

Buddha International Hospital
Advertise with us

सरकारले २०५४ देखि २०७३ को अवधिमा जाली कागजातको आधारमा नेपाली नागरिकता लिइएकाको नागरिकता रद्द गरिएको जनाइएको छ । रद्द गरिएका नागरिकता अधिकांश भारतीय नागरिक रहेको गृह मन्त्रालयका प्रबक्ता रामकृष्ण सुवेदीले जानकारी दिनुुभएको छ ।

नेपाल नागरिकता ऐन, २०६३ ले दिएको अधिकार क्षेत्रभित्र रही बिदेशी नागरिकको नागरिकता रद्द गरिएको उहाँले बताउनुुभयो । नेपाल नागरिकता ऐन, २०६३ अनुसार नागरिकता रद्द नेपाल सरकारको मन्त्री परिषद् बैठकको निर्णयपछि मात्रै लागु हुुने जनाइएको छ ।।