प्रतिष्ठानका कर्मचारीहरुको आन्दोलन जारी, मन्त्रालयको टोली दाङ आउँदै


घोराही, २३ माघ  | राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान दाङका कर्मचारीहरुले सुरु गरेको आन्दोलनलाई जारी राखेको जनाएका छन् । प्रतिष्ठान प्रशासनले आफुहरुका मागलाई बेवास्ता गरेको भन्दै शान्तिपुर्ण आन्दोलनलाई जारी राखेको जनाएका हुन् ।

Buddha International Hospital
Advertise with us

तालाबन्दी गरेर आन्दोलन सुरु गरेका कर्मचारीहरुले अदालतको आदेश अनुसार नेपाल प्रहरीले ताला खोले पनि आन्दोलनलाई जारी राख्ने बताएका छन् । अदालतको मान हानी नहुने गरी आफुहरुले आन्दोलनलाई जारी राख्ने संघर्ष समितिका संयोजक हिमराज गौतमले जानकारी दिनुभएको छ ।

पेशागत सुरक्षा, साउन महिनादेखि पाउनुपर्ने तलब, भत्ता पाउनुपर्नेलगायतका माग राख्दै अस्पताल बिकास समिति अन्तर्गतका कर्मचारी, सरकारी करारका कर्मचारीहरु आन्दोलित छन् । उनीहरुले अस्पताल प्रतिष्ठान मातहतमा समायोजन भएपछि आफुहरुको जागीर पनि प्रतिष्ठान मातहतमा रहनुपर्ने उनीहरु माग गरेका छन् ।

यसैबीच प्रतिष्ठानमा देखिएको बिबादका बारेमा अध्ययन गर्नका लागि स्वास्थ्य मन्त्रालयको एक टोली दाङका लागि राजधानीबाट हिडेको छ । प्रतिष्ठानमा लामो समयदेखि देखिएको बिबाद समाधानका लागि प्रतिनीधि मण्डल राजधानीबाट हिडेको बुझिएको छ ।

Advertise with us