प्रशासकिय अधिकृत पक्राउ सम्बन्धमा नगरको ध्यानाकर्षण

तुलसीपुर, १७ साउन । घुस लिएको आरोपमा प्रमुख प्रशासकिय प्रमुख कृष्णकान्त उपाध्यायलाई पक्राउ गरेको सम्बन्धमा तुलसीपुर उपमहानगरपालिकाले गम्भिर ध्यानाकर्षण जनाएको छ । नगरप्रमुख घनश्याम पाण्डेले शनिबार एक विज्ञप्ती जारी गरी घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अधिकृत उपाध्यायलाई काठ्माण्डौको नाक ढु्ंगाबाट पक्राउ गरेको घटनाले आश्चार्यचकित बनाएको उल्लेख गर्नुभएको छ ।

DG Mobile Dang

विज्ञप्तीमा नगरपालिकाले भ्रष्टाचारमा शून्य सहनसिलतामा काम गरिरहेको उल्लेख गर्दै दोषिलाई कार्बाही गर्न माग गरिएको छ । उपमहानगरपालिकामा कोही कसैबाट अख्तियार दुरुपयोग गरेर भ्रष्टाचार र अनियमितता गरेको पाइएमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सूचना गर्नका लागि हामीले निरन्तर सर्वसाधारणलाई सूचना समेत दिदै आएका छौँ, राज्य या सर्वसाधारण जनताबाट कसैले पनि कुनै बहानामा अनियमितता गरेर रकम लिनुहुँदैन भन्ने हाम्रो दृष्टिकोण र प्रतिवद्धता हो ’ विज्ञप्तीमा भनिएको छ ।

उपमहानगरपालिमा आफुहरु आएको यो तीन वर्षका बिचमा हामीले कुुनै पनि भ्रष्टाचारजन्य घटनाको सामना गर्नु नपरेको उल्लेख गर्दै सजगता, संयमता र सतर्कताका विचमा पनि भएको यो घटनाले हामीलाई निकै दुखी र आश्चर्यचकित तुल्याएको विज्ञप्तीमा भनिएको छ । विज्ञप्तीमा कुनै पनि भ्रष्टाचारजन्य घटना सम्बन्धित निकायमा जानकारी गराई भ्रष्टाचारमुक्त समाजको निर्माण सक्रिय भूमिक निर्वाह गर्न सबैमा आग्रह गरिएको छ ।