ओझेलमा धानखोलाको गुप्तेश्वर गुफा

संरक्षणमा समन्वयको आवश्यकता

दिवाकर पोख्रेल
देउखुरी, १८ साउन ।  पुर्वपश्चिम राजमार्ग अन्तर्रगत दाङको धानखोला मालबाहक सवारी साधनको बिसौनीहो । जहाँ धेरै जसो मालबाहक सवारी साधन केही समय रोकेर आराम गर्छन,चियानास्ता गर्छन मन्दिर जान्छन यसै गरेर समय बिताउँछन । धेरै जसो यात्रु रोकिने धानखोला नजिकै गज्जपको हेर्न लायक गुफा छ भन्ने धेरैलाई थाहै छैन । न त त्यहाँका स्थानीयले त्यस गुफाकै बारेमा यावत-जावत गर्ने लाई गुफाको जानकारी नै गराउँछन ।

DG Mobile Dang


गढवा गाउँपालिका वडा नम्बर १ मा पर्ने धानखोला चिसो हावापानी र रमणिय बाताबरणले सबैलाई मनमोहक बनाउँछ । तर गुफाको बारेमा धेरैलाई जानकारी नै छैन । नजिकैबाट गुफाले देख्छ । मान्छेले प्राय देख्दैनन । जवकी त्यस स्थानमा पुग्न टाढा जानै पर्दैन राजमार्गबाट मात्र पाँच मिनेट उत्तरी क्षेत्रमा पर्छ ।


भूगोलको हिसावले अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वडा नम्बर ११ को जाबुनेपानी सामुदायिक वन भित्र पर्ने उक्त गुप्तेश्वर गुफाको विस्तारै संरक्षण र प्रचार-प्रसार थालिएको छ । हाल सम्मगुफाकै बारेमा अनविज्ञ रहेका सरोकारवालाले यस बारेमा खोज अनुसन्धान गर्न थालेका छन् । अर्घाखाँची शितगंगा नगरपालिका वडा नम्बर ११ का वडाअध्यक्ष कपिल आलेले आफुहरु धानखोलामा रहेको गुप्तेश्वर गुफाको प्रचार-प्रसार गरेर आन्तरिक तथा बाह्य पर्यटक भित्राउने योजनामा रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो,“हामीले पहल थालेका छौ, गत आर्थिक बर्षमा एकलाख ५० हजारको लागतमा खोला देखि गुफासम्म पुग्ने सिंढी निर्माण गरेका छौ,थप बजेट विनियोजन गरेर यसको संरक्षण गछौ ।”धानखोला क्षेत्रलाई पर्यटकिय क्षेत्रकै रुपमा विकास गर्न अर्घाखाँची, दाङ र कपिलबस्तु जिल्लाका सिमा जोडिएका पालिकाहरुसंग पनि समन्वय भइरहेको बताउनुभयो ।

धानखोलामा रहेको गुप्तेश्वर महादेवको मन्दिर, शिवगढी किल्लासंग गुप्तेश्वर गुफाको सम्बन्ध रहेको स्थानीयले बताएपनि अनुसन्धान कर्ताले उदयराज आलेले त्यसको सम्बन्ध प्रस्ट्र पाउन नसकिएको बताउनुभयो । अनुसन्धानकर्ता आलेले भन्नुभयो,“एतिहासिक सम्बन्ध त भेटिदैन तर सन्तहरुले धानखोलामा नुहाउने क्रममा गुफा फेला पारेको भन्ने गरिन्छ,पर्यटकिय हिसावले अवलोकनको लागि अति-उत्तम मानिन्छ ।”


अप्ठेरो ठाउँमा रहेकाले सहजै अवलोकन गर्न जाने अवस्था नरहेको उक्त गुफाको नामकै बारेमा पनि धेरै थरी मत छ । स्थानीय थारु समुदायले दिलबाबा गुफा भन्ने गरेका छन भने केहिले नागेश्वर गुफाको नामले चिन्दछन । महेन्द्र राजमार्ग धानखोलामा रहेको गुप्तेश्वर मन्दिरका कारण आजभोली गुप्तेश्वर गुफा भन्न थालिएको स्थानीय धानखोला निवासी रमेश पुनले जानकारी दिनुभयो ।

समन्वय गरेर संरक्षण थालिने
तीन जिल्लाको संगम स्थल धानखोलामा रहेको गुप्तेश्वर गुफा अर्घाखाँचीमा परेपनि अर्घाखाँचीकै धेरैलाई त्यस गुफाबारे जानकारी छैन । शितगंगा नगरपालिका वडा नम्बर ११ मा परेपनि दाङको पायम पर्ने भएकाले गढवा गाउँपालिका वडा नम्बर १ ले पनि गुफाको संरक्षणमा चाँसो देखाएको छ । वडाअध्यक्ष बाबुराम अधिकारीले आफुले शितगंगा गाउँपालिकासंग समन्वय गरेर महेन्द्र ्राजमार्ग देखि गुफासम्म पुग्ने सिंढी निर्माण गर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो“धार्मिक, पर्यटकिय स्थलको संरक्षण गर्ने काम एउटा पालिका र जिल्लाले मात्रै सक्दैन हामी अन्य छिमेकी जिल्लासंग पनि समन्वय गरेर काम गछौ ।” गुप्तेश्वर गुफाको चिनारी सहितको तस्विर धानखोलाका होटलहरुमा राख्ने र यात्रुवर्गलाई जानकारी गराउने गरी काम थाल्ने उहाँले जानकारी दिनुभयो । चमेरा पनि देख्न सकिने उक्तगुफा २० मिटर जतीभित्र रहेको स्थानीयले बताउँछन ।