प्रदेश पाँचका क्वारेन्टाइनमा १ हजार ६ सय जना

दाङ, १७ साउन । प्रदेश नम्बर पाँचमा अहिले १ हजार ६ सय २ जना क्वारेन्टाइनमा रहेका छन् । प्रदेशमा अहिलेसम्म गुल्मीमा सबैभन्दा बढी र पाल्पामा सबैभन्दा कम व्यक्ति क्वारेन्टाइनमा रहेका छन् । गुल्मीको क्वारेन्टाइनमा ३४२ जना छन् भने पाल्पाको क्वारेन्टानमा २५ जना छन् । त्यसैगरी गुल्मीपछि रोल्पामा १८४ जना रहेका छन् ।

DG Mobile Dang

निर्देशनालयको तथ्यांक अनुसार अर्घाखाँचमा १७८, रुपन्देहीमा १७४, प्युटानमा १६५, कपिलवस्तुमा १२४, बाँकेमा १११, बर्दियामा १०२ जना क्वारेन्टाइनमा रहेका छन् । त्यसैगरी दाङमा ९७, पश्चिम नवलपरासीमा ६७ र रुकुम पूर्वमा ३८ जना क्वारेन्टाइनमा रहेको निर्देशनालयका सुचना अधिकारी वलीले जानकारी दिए ।

उनका अनुसार प्रदेशमा अहिले १ हजार ४ सय ५७ जनाका स्वाब परिक्षण हुन बाँकी छ । शुक्रबारसम्मको तथ्यांक अनुसार बाँकेमा ४२३ जनाको स्वाब परिक्षण हुन बाँकी रहेको छ । त्यसैगरी बर्दियामा ३७५, कपिलवस्तुमा ५८, अर्घाखाँचीमा ४, रुपन्देहीमा १४२, पाल्पामा ३९, गुल्मीमा ४३, पश्चिम नवलपरासीमा २, दाङमा १६१, रुकुमपूर्वमा ९७, प्युठानमा ११३ जनाको स्बाब परिक्षणको पर्खाईमा छ । रोल्पामा भने स्वाब परिक्षण गर्न बाँकी देखिएको छैन् ।