योग र ध्यानको केन्द्र तुलसीपुर : नगर प्रमुख पाण्डे

बिजौरी साउन १७। तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले तुलसीपुर उपमहानगरपालिकालाई योग र ध्यानको केन्द्र बनाइने बताउनुभएको छ । पाण्डेले भन्नुभयो ‘ उपमहानगर भित्र रहेका ६ सय बढी टोल विकास संस्थामा योग र ध्यान केन्द्र बनाउने योजनामा रहेका छौ तर कोडिभ १९का कारण केही धकेलिएको छ ’। सांसद सुजिता शाक्यको विशेष पहलमा सामाजिक सुरक्षा अपनाई सुरु गरिएको ध्यान केन्द्रमा आयोजित कार्यक्रममा बोल्दै पाण्डेले संस्कृत शिक्षाको बिजारोपण भएको स्थल बिजौरीबाटै योग र ध्यान केन्द्रको सुरुवात हुनु सकारात्मक पक्ष भएको बताउनुभएको छ ।

DG Mobile Dang

सांसद सुजिता शाक्यको विशेष पहलमा दैनिक २० जना बालबालिका, युवा युवती एवम जेष्ठनागरिकहरुलाई ध्यान गराइदै आइएको छ । कार्यक्रममा नगर प्रमुख पाण्डेले समाजलाई सकारात्मक मार्गमा लैजान योग ध्यानको विशेष्ष महत्व भएको बताउनुभएको थियो । कार्यक्रममा नगर प्रमुख पाण्डेले योग र ध्यानका कारण मधुमेह, क्यान्सर,उच्च रक्तचाप जस्ता नसर्ने रोग निवारणमा सहयोग पुग्ने बताउनुभएको थियो ।

कार्यक्रममा सांसद सुजिता शाक्यले योग र ध्यानका साथ साथै ग्रामीणस्तरमा महिलाहरुका लागि आय आर्जनमुखी कार्यक्रम लैजान निर्देशन दिनुभएको थियो । कार्यक्रममा उपप्रमुख माया आचार्यले न्याय निरुपणका सवालमा उल्लेखनीय प्रगति गर्दै गइरहेको बताउनुभएको थियो । योग ध्यान कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्राध्यापक रमेश ढकाल, प्रादेशिक आयुर्वेद चिकित्सालका निमित्त निर्देशक डाक्टर रामकामेश्वर ठाकुर, सांसद सुजिता शाक्यले प्रशिक्षण दिनुभएको थियो ।