मलेशियामा एक नेपालीमाथि निर्मम कुटपिट, दूतावासले गर्यो ध्यानाकर्षण

मलेसियाः मलेसियामा एक जना नेपाली सेक्युरिटी गार्डमाथि भएको निर्मम कुटपिटको भिडियो सामाजिक संजालमा भाइरल भएको छ ।

बिहीबारदेखि सामाजिक संजालमा भाइरल भएको उक्त भिडियोबारे मलेसियास्थित नेपाली दूतावासले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

DG Mobile Dang

एक बिज्ञप्ति जारी गर्दौ दुतवासले उक्त भिडियोबारे पुर्ण जानकारी दुतावाससम्म नपुगेकोले उक्त घटनाको थप अनुसन्धानका लागि दूतावासको पहलमा मलेसियन प्रहरीमा प्रारम्भिक उजुरी गरिसकेको जानकारी दिएको छ ।

दूतावासले भिडियोमा देखिएका पीडित वा अन्य जानकार व्यक्तिले घटनाबारे थप जानकारी गराउन समेत अनुरोध गरेको छ । भिडियोबारे थप अनुसन्धान गरेर दोषीमाथि कारबाही गरिने दुतावास श्रोतले बताएको छ ।

भिडियोमा भारतीय मुलका मलेसियन नागरिक जस्तो देखिने एक व्यक्तिले नेपाली सेक्युरिटी गार्डलाई निर्मम कुटपिट गरि रहेको दृश्य देख्न सकिन्छ । ती स्थानीय व्यक्तिले नेपालीलाई कुटपिट गरि रहँदा नेपाली गार्डले भने कुनै प्रतिवाद गर्दैनन् । भिडियो खिच्ने पनि भारतीय मुलको हुन सक्ने उनले प्रयोग गरेको हिन्दि भाषाले पुष्टि गरेको छ ।

कुटपिटमा उत्रिएका ती व्यक्तिले मलायु भाषामा यहाँ काम गर्न आएको की समस्या उत्पन्न गर्न आएको भन्दै लगातार ती नेपालीमाथि सुरक्षा गार्डले प्रयोग गर्ने गहकिलो डन्डाले प्रहार गर्छन ।

उक्त भिडियो नेपालमा मात्रै नभइ मलेसियामा पनि चर्चित भएसँगै सामाजिक संजालमा छ्याप छ्यप्ती अपलोड भइरहेको छ । सामाजिक सन्जाल प्रयोगकर्ताहरूले भने दोषीमाथि कारबाहीको माग गरिरहेका छन् ।

स्थानीय अनलाइन मिडियाका अनुसार प्रहरीले उक्त व्यक्तिलाई पक्राउ गरिसकेको बताए पनि सो बारे पुष्टि हुन बाँकी छ ।