भारतमा एकैदिन हालसम्मकै धेरै संक्रमित फेला परेका छन् । बिहीबार त्यहाँ हालसम्मकै बढी ५५ हजार ७९ संक्रमित फेला परेका छन् । योसँगै भारतमा कोरोना संक्रमितको संख्यामा नयाँ रेकर्ड कायम भएको छ । पछिल्लो २४ घण्टामा ५५ हजार बढी संक्रमित थपिँदा ७७९ जनाको मृत्यु भएको छ ।
भारतको स्वास्थ्य मन्त्रालयका अनुसार त्यहाँ यो समाचार तयार पार्दासम्म संक्रमितको संख्या १६ लाख ४१ हजार ९१७ पुगेको छ । त्यस्तै, ३५ हजार ८०७ जनाको मृत्यु भएको छ ।

सक्रिय संक्रमितको संख्या ५ लाख ४५ हजा ३१८ रहेको छ भने १० लाख ५७ हजार ८०६ जना निको भइसकेका छन् ।