दाङमा माहुरीपालनमा एक करोड लगानी

दाङ, १६ साउन । दाङमा माहुरी तथा माहुरीजन्य सामाग्री खरिदमा एक करोड बढी लगानी भएको छ । प्रधानमन्त्रि कृषि आधुनिकरण परियोजना कार्यान्वयन इकाई कार्यालय मौरिजोन घोराहीबाट र कृषकहरु मार्फत सामाग्री खरिदमा उक्त रकम लगानि भएको हो ।

माहुरी जोन र कृषकको गरी गत आर्थिक वर्षमा एक करोड पाँच लाख ४० हजार ६ सय ९७ रुपैया लगानि भएको छ । जसमा माहुरी जोनबाट अनुदान ४२ लाख १३ हजार २ सय ६९ रुपैया र कृषकको ६३ लाख २७ हजार ४ सय २८ रुपैँया लगानि भएको मौरी जोन ईकाई कार्यालयका प्रमुख कला बुढाले बताउनु भएको छ ।

DG Mobile Dang


अनुदान तथा कृषकको लगानि थपिएसँगै माहुरी तथा माहुरीजन्य उत्पादन विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । जिल्लाका घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका र बङ्गलाचुली गाउँपालिकामा माहुरी जोन कार्यक्रम लागु भएको छ ।

कार्यालयले कृषकलाई माहुरीपालन गर्दा आइपर्ने समस्या समाधान तथा प्राविधिक सहयोग सामाग्रीमा अनुदान एवं अन्य सहयोग समेत गर्दै आएको छ ।