घोराही खानेपानीको निर्वाचनका लागि घरदैलोमा उमेदवार

Advertise with us


घोराही माघ २३ । घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको यही शनिवार हुने निर्वाचनका लागि दुईवटा प्यानलले नै प्रचारप्रसार कार्यलाई तिव्रता दिएका छन् । आगामी तीनवर्षका लागि नयाँ कार्यसमिति चयन गर्नका लागि शनिवार हुन लागि रहेको निर्वाचनमा ५ हजार ८ सय ५३ जना मतदाता रहेका छन् ।

Buddha International Hospital
Advertise with us

निर्वाचनमा वर्तमान अध्यक्ष देबीबहादुर डिसीको नेतृत्वमा एउटा प्यानल निर्वाचनमा होमिएको छ भने गणेश श्रेष्ठको नेतृत्वमा अर्को प्यानल निर्वाचनमा होमिएकोछ । निर्वाचनका लागि दुबै प्यानले प्रचारप्रसार तिब्र बनाएको छ ।


डिसीको प्यानलबाट निर्वाचन उठेका अधिकांश वर्तमान कार्य समितिमा रहेका व्यक्ति छन् । डिसीको प्यानलबाट उपाध्यक्षमा भरतमणि पाण्डेय, सचिवमा सुमन शर्मा, कोषाध्यक्षमा ध्रुब केसी, सदस्यहरुमा धर्मेन्द्र श्रेष्ठ, नारायण भण्डारी, यशोदादेवी पाण्डे,खुमा खड्का थापा मगर, लक्ष्मीसिंह ठकुरी निर्वाचनमा होमिनु भएको छ ।

डिसीको प्यानलले बुधवार विहानैबाट मतदाताको घरघरमा पुगेर भेटघाट गर्ने, मत माग्ने, आगामी दिनहरुमा आफूहरुले गर्ने कार्यक्रमका बारेमा अवगत गराई रहेको छ । शुक्रवार साँझसम्म मतदातासँग मत माग्ने कार्यलाई जारी राख्ने योजना रहेको डिसी प्यानलबाट कोषाध्यक्ष पदमा उमेदवार बन्नु भएका ध्रुब केसीले जानकारी दिनुभयो । मत माग्नका लागि डिसी प्यानलले ब्रोसर, पर्चापम्पप्लेट, व्यानर निर्माण गरेको छ । यसका साथै सामाजिक सञ्जालमा पनि प्र्रचारप्रसार कार्यालाई तिब्रता दिएको सचिव पदका उमेदवार सुमन शर्माले जानकारी दिनुभयो ।

यसैगरी गणेश श्रेष्ठको प्यानलले पनि प्रचारप्रसार कार्यलाई तिव्रता दिएको छ । श्रेष्ठको प्यानलबाट उपाध्यक्षमा मधुसुदन शर्मा, सचिवमा निर्मल गौतम, कोषाध्यक्षमा नरबहादुर बुढाथोकी, सदस्यहरुमा दुर्गा खत्री, दिलिप खनाल, विष्णु कालाथोकी, भुमा चौधरी, मनकुमारी पुन निर्वाचनमा होमिनु भएककाो छ ।

मत माग्नका लागि श्रेष्ठ प्यानलले ब्रोसर, पर्चापम्पप्लेट, व्यानर निर्माण गरेको छ । श्रेष्ठ प्यानलमा सबैजसो खानेपानीका लागि नयाँ अनुहार रहेका छन् ।