निरन्तर चालक स्वास्थ्य जाँच

Advertise with us

देउखुरी, माघ २२ । दाङको देउखुरी उपत्यकामा सवारी चालकहरुको स्वास्थ्य परिक्षणको कार्यलाई तिब्रता दिईएको छ । दाङका बिभिन्न स्थानमा केही समय अगाडी सवारी दुर्घटनाबाट ठूलो मानवीय क्षति भएपछि दुर्घटना न्युनिकरणका लागि दाङमा नागरिक प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत सवारी चालकको स्वास्थ्य जाँच गर्न थालिएको हो ।

Buddha International Hospital

Advertise with us

चालकको स्वास्थ्य जाँच गर्दा चालकको स्वास्थ्य अवस्था बारे जानकारी हुनुका साथै रिफ्रेस हुन पनि सहयोग पुगेको जिल्ला ट्राफिक कार्यालयका प्रमुख मदन कुवरले जानकारी दिनुभयो । जिल्लाका प्रमुख शहरलाई लक्षित गरि भालुवाङ, लमही, घोराही, तुलसीपुर र अमिलियामा निशुल्क स्वास्थ्य शिविरकै आयोजना गरेर चालकको स्वास्थ्य चेकजाँच गरिएको उहाँले जानकारी दिनुभयो । चालको स्वास्थ्य जाँच गर्दा नजर र प्रेसरमा समस्या देखिएको शिविरमा खटिएका स्वास्थ्यकर्मीले जानकारी दिनुभएको छ ।

लमही अस्पतालका डाक्टर कपीला तामाङद्धारा जाँचिएका चालकहरु मध्ये केहिको आँखा र प्रेसरको समस्या देखिएको भन्दै आराम गरेर मात्रै सवारी हाँक्ने सल्लाह दिएको बताउनुभयो । स्वस्थ्य चालकले राजमार्गमा सवारी हाकिरहदा निशुल्क स्वास्थ्य चकेजाँच गर्न पाउँदा चालकहरु पनि खुसी भएका छन् । ‘सधै सवारी हाँक्न ठिक्क हुन्छ, कहिल्यै आफ्नो स्वास्थ्य ख्याल गरिएको हुँन्दैन, निशुल्क स्वास्थय जाँच गर्न पाउँदा खुसी लाग्यो ।’ सवारी चालक सन्तोष चौधरीले भन्नुभयो ।

मुख्य गरेर शिविरमा सवारी चालकहरुको आँखा र प्रेसरलाई प्राथमिकतामा राखेर जाँच गरिएको छ । सवारी दुर्घटनाको विभिन्न कारणहरु मध्य सवारी चालकको आँखाको नजरको र प्रेसरको समस्या पनि भएकाले चालकहरुको कलर भिजन सँगै नजर र प्रेसरको जाँच गर्ने गरिएको प्रदेश नम्बर पाँचका प्रहरी प्रवक्ता डिएसपि टिका बहादुर कार्कीले जानकारी दिनुभयो ।

दुर्घघटना न्युनिकरणका लागि सचेतना सँगै सवारी चालकको स्वास्थ्य पनि सहि हुन आबश्यक रहेको उहाको भनाई थियो । देउखुरी सामुदायिक प्रहरी सेवा केन्द्रको सहकार्यमा, लमही आँखा अस्पताल, लमही अस्पताल र जिल्ला ट्राफिक कार्यालय आयोजनामा निशुल्क स्वास्थ्य शिविर हुने गरेको छ ।