लखन कपका लागि माघ २८ गतेसम्म दर्ता हुने

घोराहीमा फागुन पहिलो हप्तादेखि सञ्चालन हुने प्रथम सहिद लखन थापा मगर कप रनिङ फुटबल प्रतियोगीता २०७५ का लागि माघ २८ गतेसम्म फुटबल टीमको दर्ता गर्ने निर्णय भएको छ । प्रतियोगीता ब्यबस्थापन समितिको आज घोराहीमा बसेको बैठकले धेरै फुटबल टीमलाई सहभागी गराउने उदेश्यले माघ २८ गतेसम्म दर्ता गराउने गर्ने निर्णय गरेको हो ।

Buddha International Hospital

Advertise with us

समितिका संयोजक मुक्त बुढा मगरको अध्यक्षतामा बसेको बैठकले माघ २८ गतेसम्म फुटबल समुह दर्ता गर्ने र २९ गते खेल तालिका प्रकाशन गर्ने निर्णय गरेको ब्यबस्थापन समितिका सदस्य सचिब नरेन्द्र पुनले जानकारी दिनुभयो ।

नेपाल मगर संघ दाङले आयोजना गर्न लागेको प्रतियोगीतामा सहभागिता जनाउनका लागि १४ क्लबले फारम लिइसकेका छन् । प्रतियोगीतामा दर्ता भएका फुटबल क्बल, एकाडेमी, सस्था, बिद्यालयले स्थानीय मगर संघको सिफारिसमा पाँच हजार शुल्कसहित दर्ताको ब्यबस्था गरिएको छ ।

प्रतियोगितामा प्रथम हुने फुटबल समुहले १ लाख ११ हजार १११, कप, मेडल र प्रमाण, दोस्रो हुनेले ५५ हजार ५५५, कप, मेडल र प्रमाण प्राप्त गर्ने छ । त्यसैगरी तेस्रो र चौथो हुने फुटबल समुहले नगद १५÷१५ हजार, मेडल र प्रमाण प्राप्त गर्ने छन् ।

Advertise with us