कोर्चाबाङ समाज सेवा समितिको कार्यालय उद्घाटन

Advertise with us

रोल्पाको कोर्चाबाङबाट दाङ बसाईसराई गरी आएका ब्यक्तिहरुले स्थापना गरेको रोल्पा कोर्चाबाङ समाज सेवा समितिको आज घोराहीको डुम्मरगाउँमा उद्घाटन गरिएको छ । कार्यालयको घोराही उपमहानगरपालिका—१३ का वडाध्यक्ष रबिलाल घर्तीले उद्घाटन गर्नुभएको हो ।

Buddha International Hospital

Advertise with us

कोर्चाबाङदेखि बसाईसराई गरी दाङ झरेका ब्यक्तिहरुले जिल्ला प्रशासन कार्यालय दाङमा समाज दर्ता गरेका छन् । एकता र भाइचाराको सम्बन्धलाई कायम गर्न तथा आईपर्ने समस्यालाई समाधान गर्न सहज गराउनका लागि समाज गठन गरिएको अध्यक्ष नन्दबहादुर घर्तीले जानकारी दिनुभएको छ ।

यसअघि रोल्पाका विभिन्न स्थानबाट दाङमा बसाईसराई गरेर आएका ब्यक्तिहरुले पनि समाज गठन गरेका छन् । समितिका अध्यक्ष नन्दबहादुर घर्तीको अध्यक्षता तथा वडाध्यक्ष घर्तीको प्रमुख आतिथ्यतामा कार्यालयको उद्घाटन गरिएको हो ।

उपाध्यक्ष हेमकुमारी घर्तीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा रोल्पाली समाज सेवा दाङका अध्यक्ष मदन वली, पत्रकार प्रेमबहादुर राम्जा, समितिका सल्लाहकार शुद्ध बुढा, सदस्य जितेन्द्र पुनले बोल्नुभएको थियो । कार्यक्रमको सहजीकरण सदस्य दिपेन्द्र घर्तीले गर्नुभएको थियो ।