२० वर्ष कैद तोकिएका फरार अभियुक्त केसी पक्राउ

Advertise with us

दाङ,माघ २२ – जिल्ला प्रहरी कार्यालयले झन्डै २० वर्ष कैद सजाय तोकिएका एक जना फरार अभियुक्तलाई पक्राउ गरेको छ।

Buddha International Hospital

Advertise with us

जिल्लाको साविक पुजा गाविस वडा नं। १ गोसाइँखेत निवासी विज्ञान केसीलाई धारिलो हतियार प्रयोग गरी हत्या गरेको अभियोगमा प्यूठान जिल्ला अदालतबाट दोषी ठहर भएका ३३ वर्षीय रमेश मल्ललाई प्रहरीले पक्राउ गरेको जानकारी दिएको छ।

ज्यानसम्बन्धी मुद्दामा जिल्ला अदालत प्यूठानले २०७२ भदौ २८ गतेको फैसला अनुसार मल्ललाई दोषी ठहर गर्दै १९ वर्ष ११ महिना ५ दिन कैद सजाय तोकेको थियो। २०६९ पुस ३ गते मल्लले साँझ सवा ८ बजेतिर केसीको हत्या गरेका थिए।

मल्ललाई आइतबार रातको ९ बजेतिर बुटवल उपमहानगरपालिका वडा नं। –१२ नयाँ गाँउमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको प्रहरी निरीक्षक देवीप्रसाद पौडेलले जानकारी दिए।

पक्राउ परेका मल्ललाई जिल्ला अदालतको आदेश अनुसार सोमबार नै कारागार चलान गरिएको प्रहरीले बताएको छ।