चलचित्र पत्रकार संघद्धारा संगितकार श्रेष्ठलाई सम्मान

दाङ, १० साउन। चलचित्र पत्रकार संघ नेपाल दाङ शाखाले विश्वका १२ भाषामा संगित गरेर गिनिज बुकमा नाम लेखाउन सफल संगितकार सन्तोष श्रेष्ठलाई बधाई एवं सम्मान गरेको छ । संघले संगितकार श्रेष्ठलाई आज तुलसीपुरमा एक कार्यक्रमको आयोजना गरी बधाई एवं सम्मान व्यक्त गरेको हो ।

Blog Post Ad

संघका दाङ शाखा अध्यक्ष शिव पुनको अध्यक्षता तथा सामुदायिक रेडियो प्रशारक संघ नेपालका वरिष्ठ उपाध्यक्ष अर्जुन गिरीको प्रमुख आतिथ्यता एवं संगितकार श्रेष्ठको विशिष्ठ आतिथ्यतामा कार्यक्रम भएको हो ।

Blog Post Ad

संगितकार श्रेष्ठले नेपाली, हिन्दी, चाइनिज, जापनिज, अंग्रेजी, रसियन , कोरियन, स्पेन, फेन्च, इटालियन, जर्मन र थाइ भाषा गरेर १२ भाषामा संगित गरेर गिनिज बुकमा नाम लखाएर विश्व कृतिमान राख्नुभएको हो ।

संगितकार श्रेष्ठले समाजका कुरा बोल्ने गितसंगितले जीवन्त पाउने बताउनुभएको छ । उहाँले संख्यात्मक रुपमा धेरै सिर्जनाले मात्रै उचाईमा पुग्ने नहुने भन्दै थौरै सृजनाले पनि कलाकार जीवन्त हुन सक्ने बताउनुभयो ।

त्यस अवसरमा सामुदायिक प्रशारक संघ नेपालका वरिष्ठ उपाध्यक्ष अर्जुन गिरी र राप्ती साहित्य परिषद दाङका अध्यक्ष कमलमणी देवकोटा, सिस्नोपानी नेपालका अध्यक्ष डाक्टर लोकराज पराजुली लगायतले संगितकार श्रेष्ठको विश्व कृतिमानीले दाङलाई पनि चिनाउन सफल भएको बताउनुभयो । उपाध्यक्ष सन्तोष केसीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण चलचित्र पत्रकार संघका सचिव पूर्ण केसीले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *