रुकुमकोटमा कफ्र्यु

रुकुम पूर्व माघ २२ । सदरमुकामको विवाद चर्किँदै गएपछि रुकुमकोटमा कफ्र्यु लगाइएको छ । जिल्ला प्रशासन कार्यालयले सम्भावित घटनालाई मध्यनजर गर्दै रुकुमकोटमा कफ्र्यु आदेश जारी गरेको हो ।

Buddha International Hospital

Advertise with us

गोलखाडा सदरमुकाम हुनुपर्छ भन्ने पक्षले मंगलबार रुकुमकोटमा ¥याली निकाल्ने तयारी गरेपछि हिंसा भड्किन सक्ने भन्दै प्रशासनले आइतबार बेलुकी ७ बजेबाट लागू हुने गरी कफ्र्यु लगाएको हो । अर्को सूचना जारी नभएसम्मका लागि कफ्र्यु जारी रहने प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले जानकारी दिए ।

गोलखाडा पक्षले अस्थायी सदरमुकाम रुकुमकोटमा आएर ¥याली निकाल्ने तयारी गर्नु र रुकुमकोटवासीले कुनै पनि हालतमा ¥याली निकाल्न नदिने र आन्दोलन आफुहरूको हातमा नरहेकाले जे पनि हुन सक्ने बताएपछि प्रशासनले कफ्र्यु लगाएको बताएको छ ।

तत्कालीन सरकारले गरेको रुकुमपूर्वको सदरमुकाम रुकुमकोटबाट पुथाउत्तरगंगा गाउँपालिकाको गोलखाडामा सार्ने निर्णय कार्यान्वयनको माग गर्दै गोलखाडा सदरमुकाम समर्थित पक्षले मंगलबार रुकुमकोटमा ¥याली निकाल्ने तयारी गरेपछि रुकुमकोटवासीले पुनः आन्दोलन सुरु गरेका छन् । यसै विवादले चर्को रूप लिँदा गोलखाडा समर्थित पूर्वसहायक मन्त्री केशरमान रोकासहितका चार जनामाथि रुकुमकोटमै सदरमुकाम हुनुपर्ने पक्षले कुटपिटसमेत गरेका थिए ।

सर्वोच्चमा विचाराधीन अवस्थामा रहेको मुद्दामा आन्दोलन नगर्न र संमयमता अपनाउन दुवै पक्षलाई आग्रह गरिए पनि कुनै ठोस निष्कर्ष ननिस्किएपछि कफ्र्यु लगाउनुपरेको प्रमुख जिल्ला अधिकारी शर्माको भनाइ छ । जिल्लाको शान्ति अवस्था सामान्य रहेको तर सुरक्षा व्यवस्थालाई भने कडा बनाइएको उनले बताए ।

पूर्वमा सिस्ने गाउँपालिका –५ धौलापैरा, पश्चिममा सिस्ने गाउँपालिका –५ रानिकोट, उत्तरमा सिस्ने गाउँपालिका–६ रुकुमगाड हुँदै धाउनेको पानीघट्टसम्म र दक्षिणमा सिस्ने गाउँपालिका–५ रुमालवारा हुँदै शहीदपार्कसम्म कफ्र्यु लगाइएको छ । उक्त चार किल्लाभित्र कुनै विरोध प्रदर्शन, सभा जुलुस र भेला गर्न÷गराउन निषेध गरिएको प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिए ।

तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले गत वर्षको ११ माघमा जिल्ला सदरमुकाम रुकुमकोटबाट पुथाउत्तरगंगा गाउँपालिकाको गोलखाडामा सार्ने निर्णय ग¥यो । त्यसपछि १७ माघमा सरकारको उक्त निर्णय खाजेरको माग गर्दै अधिवक्ता गणेश हमाल, स्थानीय कृष्ण रेग्मी र दत्तबहादुर बस्नेतले सर्वोच्चमा रिट दिए । त्यसको भोलिपल्ट सर्वोच्चले उक्त रिटमा सुनुवाइ गर्दै तत्कालका लागि सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दियो । त्यसयता सर्वोच्चले उक्त रिटको १५ पटक पेसी तोकिसकेको छ । सर्वोच्चले २७ माघमा १६औं पेसी तोकेको छ ।

पेसी नजिकिँदै गएपछि गोलखाडा समर्थित पक्षले रुकुमकोटमा ¥याली निकाल्ने घोषणा गरेपछि रुकुमकोटवासी पुनः आन्दोलित भएका छन् । सरकारले सदरमुकाम सार्ने निर्णय गरेकै दिनदेखि आन्दोलनमा उत्रिएका रुकुमकोटवासीले त्यसपछि पनि विभिन्न आन्दोलनका कार्यक्रम गरेका थिए । तर, ६ महिना अगाडिदेखि रोकिएको आन्दोलन गोलखाडावासीले निकाल्ने तयारी गरेपछि रुकुमकोटवासी पुनः आन्दोलनमा उत्रिएका छन् ।