अमिताभको कोरोना रिपोर्ट नेगेटिभ, डिस्चार्ज हुँदै

काठमाडौंः १२ दिनदेखि मुम्बाईको नानावटी अस्पतालमा कोभिड–१९ को उपचार गराईरहेका बलिउड अभिनेता अमिताभ बच्चनको पछिल्लो कोरोना भाइरस रिपोर्ट नेगेटिभ आएको छ ।

पछिल्लो पटक गरिएको स्वाब परीक्षणमा रिपोर्ट नेगेटिभ आएको भारतीय सञ्चार माध्यमहरुले जनाएको छ । उनलाई आज साँझ डिस्चार्ज गरिएको छ । उनीसँगै पारिवारका सदस्यहरु ऐश्वर्या राय र आराध्यामा पनि कोरोना देखिएपछि अस्पतालको आइसोलेसनमा राखि उपचार गराईरहेका छन् । ऐश्वर्या र आराध्याको रिपोर्ट आइसकेको छैन ।

DG Mobile Dang