कमल गाउँलेको २०औं गाईजात्रा– के के हुने हो ?


दाङ,८ साउन । हास्य कलाकार कमल गाउँलेको २० औं गाईजात्रा ‘के के हुने हो ?’ सार्वजनिक भएको छ । गाउँले विहिवार घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरि आफ्नो २० औं गाईजात्रा ‘के के हुने हो ?’ सार्वजनिक गरेका हुन ।


DG Mobile Dang
गाईजात्राको प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष,बरिष्ठ साहित्यका तथा पत्रकार नारायणप्रसाद शर्मा,प्रेस स्वतन्त्रता सेनानी सुशील गौतम, नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष सविन प्रियासनलगायतले युट्टुवमा भिडियो क्लिक गरेर गाईजात्रा सार्वजनिक गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रेस काउन्सील नेपालका पूर्व अध्यक्ष एव पत्रकार शर्माले विकृति र बेतिथिका विरुद्ध गाईजात्राले तिखो प्रहार गरेको बताएका थिए ।

सुन्दर र समृद्ध समाज निर्माण आजको आवश्यकता भएपनि विकृति,विसंगति र भ्रष्ट्राचार बढिरहेको बताए । ‘विकृति,विसंगति र भ्रष्ट्राचारको अन्त्यका लागि जति बोलेपनि रुक्दैन, जति लेखेपनि घट्दैन, गाउँदा पनि घट्दैन ?’ पूर्व अध्यक्ष शर्माले भने–‘यसमा बारेमा सचेत युवा वर्गले सोच्न आवश्यक छ ।’

२०५७ सालमा ‘महापुराण’ नामक गाईजात्रा निर्माण गरेर गाईजात्रा निकाल्न सुरु गरेका गाउँलेको यो २०औं श्रीङ्खला भएको बताएका थिए । २० बर्ष पहिले विकृति र विसंगतिका विरुद्ध गाईजात्रा निकाल्न सुरु गरेको भन्दै गाउँलेले अहिले पनि उहि अवस्था रहेको बताएका थिए ।

गाउँलेले यसभन्दा पहिलेका गाईजात्राहरु राजधानी केन्द्रीय भएपनि लकडाउनका कारण २० औं श्रीङ्खलाको लेखन, सुटिङ र इडिटिङलगायतको सम्पूर्ण काम दाङमै भएको बताएका थिए । गाउँलेले आफ्नै युटुव च्यानलबाट गाईजात्रा सार्वजनिक गरेका हुन ।