मानिसको शरीरमा किन सेतो दाग देखिन्छ ? हटाउने सात उपायहरु

सेतो दागलाई मेडिकल भाषामा विटिलिगो वा ल्यूकोडर्मा भनिन्छ । यो निकै साधारण रोग हो । संसारभरीको जनसंख्याको एक ठूलो हिस्सा यो रोगबाट प्रभावित छन् । यो रोग धेरैजसो कालो छाला भएका मानिसलाई हुन्छ । यसले शरिरको सुन्दरतामा नकारात्मक असर पुर्याउँछ ।

Blog Post Ad

यो रोग लागेका धेरैजसो व्यक्तिको मुख, गर्धन पछाडि, नाडी र खुट्टामा हुने गर्दछ । आज हामी यस्ता सेतो दागको कारण र यसलाई निको पार्ने उपायबारे जानकारी दिँदै छौं ।

Blog Post Ad

३० प्रतिशत मानिसहरुमा सेतो दागको कारण वंशानुगत हुन्छ । केही मानिसहरुलाई भने सूर्यको यूभी किरणले पनि यस्तो दाग देखिने गर्दछ । पेटमा समस्या र किरा हुँदा पनि छालामा सेतो दाग देखिने गर्दछ ।

कलेजोमा समस्याका कारण पनि सेतो दाग देखिने गर्दछ । पसिना आउँदा सिस्टममा समस्या हुँदा पनि सेतो दाग देखिने गर्दछ । मधुमेह, हाइपोथाइराइडजस्ता रोगका कारण पनि छालामा सेतो दाग देखिने गर्दछ । गलत खानाको सम्मिश्रणले पनि यस्तो समस्या निम्तिन सक्छ ।

सेतो दाग निको पार्ने उपाय

रातो माटोः एक चम्चा अदुवाको रसमा दुई चम्चा रातो माटो मिसाएर दाग देखिएको भागमा दुई मिनेटसम्म मसाज गर्नुहोस् ।

तामाको भाँडाः तामाको भाँडाको पानी पिउँदा शरिरमा आइरनको कमी हुँदैन, यसले सेतो दागबाट पनि राहत प्रदान गर्दछ । खरबुजाको बियाँ, अदुवा र बदामलगायत खाँदा पनि शरिरमा आइरनको कमी हुँदैन ।

घामको किरणबाट बच्नुहोस्ः बाहिर निस्कनुभन्दा पहिले एक राम्रो एसपीएफ क्रिम लगाउन नबिर्सिनुहोस् । यो क्रिमले तपार्ईंलाई घामको किरणबाट जोगाउँछ । साथै सेतो दाग बढ्न पनि रोक्छ ।

नीमको पातः नीमको पातबाट दुईदेखि तीन चम्चा रस निकाल्नुहोस् । यसलाई महमा मिसाउनुहोस् र दिनमा तीनपटक पिउनुहोस् । तुलसीको पात र कागतीको रसः तुलसीलाई दैनिक छालामा लगाउँदा मेलानिनको उत्पादन बढ्ने गर्दछ र सेतो दाग हट्छ । दुई चम्चा तुलसी र एक चम्चा कागतीको रसलाई दागमा लगाउनुहोस् ।

ओखरको पाउडरः ओखरको पाउडरमा थोरै पानी मिसाउनुहोस् । यसलाई दागमा दिनमा दुई पटक लगाउनुहोस् ।

चन्दन र बदामको तेलः दुई चम्चा चन्दनको पाउडरमा एक चम्चा बदामको तेल र आधा चम्चा बेसारको पाउडर मिसाएर दागमा लगाउनुहोस् । यस्तो दिनमा दुई पटक गर्नुहोस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *