अस्पताल व्यवस्थापन सम्बन्धी गोष्ठी सम्पन्न

Advertise with us

शिवु खनाल

Buddha International Hospital

देउखुरी, माघ २१ । स्वास्थ्य मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख डा. विकास देवकोटाले स्वास्थ्यको समग्र विकासमा सबै स्वास्थ्यकर्मीहरुले सहयोग गर्नुपर्ने बताउनु भएको छ । सोमबार लमहीमा नेक साइमन इन्चिच्युट काठमाण्डौँले आयोजना गरेको अस्पताल व्यवस्थापन सुदृढिकरण सम्बन्धी दुई दिने कार्यशाला गोष्ठीमा डा. देवकोटाले यस्तो बताउनु भएको हो ।

Advertise with us

डा. देवकोटाले स्वास्थ्यकर्मीहरुको समन्वयको कमी भएको हुदा स्वास्थ्यकर्मीहरु स्वास्थ्य क्षेत्रमा मिलेर अगाडि बढ्न नसकेको बताउनुभयो । उहाले स्वास्थ्य क्षेत्रमा स्थानीय सरकारले लमही अस्पतालको विकासको लागि प्रदेश र केन्द्रीय सरकारसँग पनि सहकार्यको आवश्यक रहेको बताउनुभयो ।

लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसीले लमही अस्पतालको सम्भावना प्रबल रहेको बताउनुभयो । राजमार्गको छेवैमा रहेको लमही अस्पतालले भविस्य बोकेको भन्दै अस्पतालमा भएको हरेक समस्याहरुलाई निराकरण गर्दै लमही अस्पतालको विकास गर्ने बताउनुभयो । केसीले लमही अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई अस्पतालमा आइपर्ने समस्याहरु तुरुन्त लमही नगरपालिकामा जानकारी गराउँन आग्रह गर्नुभयो ।

कार्यक्रममा पाँच नम्बर प्रदेश स्वास्थ्य निर्देशनालय ल्याब अधिकृत गोपालप्रसाद गौतम, चिसापानी अस्पताल बर्दाघाट वरिष्ठ मेडिकल मे.सु मोहम्मद नरुल होदा, लमही नगरपालिका प्रशासकिय अधिकृत गेहेन्द्रबहादुर डाँगी र नेक साइमन इन्चिच्युट काठमाण्डौँका कार्यक्रम संयोजक रिता पोख्रेल लगाएतले बोल्नुभएको थियो । कार्यक्रमको सहजिकरण लमही अस्पतालकाका अहेब रुपलाल पाण्डेले गर्नु भएको थियो ।