नयाँ पाइला पुर्नस्थापना केन्द्रको वार्षिकोत्सव

दाङ, माघ २१ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ मा रहेको नयाँ पाइला पुर्नःस्थापना केन्द्रको चौथो वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ ।

Buddha International Hospital

Advertise with us

संस्थाका कार्यकारी निर्देशक सुरेश भुसालको अध्यक्षता एवं वडा नं. १९ का वडाध्यक्ष रामबहादुर योगीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा संस्थाका सुधार केन्द्रले लागुपदार्थ दुव्र्यसनी विरुद्वमा कार्य गरेको भन्दै प्रशंसा गरेका थिए । कार्यक्रममा वडा नं. १९ का वडाध्यक्ष रामबहादुर योगीले समाजमा लागुपदार्थ दुव्र्यसनका विरुद्वमा वडा तहबाट समेत कार्यक्रम सञ्चालन भइरहेको बताउनुभएको थियो ।

कार्यक्रममा नेकपा पाँच नम्बर प्रदेशका प्रदेश कमिटी सदस्य रामबहादुर दहित, मार्गदर्शन पुर्नःस्थापना केन्द्रका रविन महरा, नयाँ जीवनका समिर वली, समाजसेवी पुष्पा डाँगी, प्रहरी चौकी हेमन्तापुरका ओम गिरी, डिल्ली बस्नेत संगीत, संस्थापक कोषाध्यक्ष सुनिल लामिछाने लगायतले बोल्नु भएको थियो ।

कार्यक्रमको सञ्चालन यमप्रसाद खरेलले गर्नुभएको थियो । सुधार केन्द्रमा हालसम्म ११ जिल्लाका सात सय बढि उपचार गरेर घर फर्किएका छन् ।

Advertise with us