हत्याको दोषी ३ वर्षपछि पक्राउ

प्यूठान, माघ २१ । ज्यान सम्वन्धि मुद्धामा जिल्ला अदालत प्यूठानले दोषी ठहर गरेको अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय प्यूठानले पक्राउ गरेको छ । पुँजा गाविस–१ गोसाइँखेत निवासी विज्ञान केसीलाई धारिलो हतियार प्रयोग गरि हत्या गरेको अभियोगमा दोषी ठहर भएका ३३ वर्षीय रमेश मल्ललाई प्रहरीले पक्राउ गरेको हो ।

Buddha International Hospital

Advertise with us

जिल्ला अदालत प्यूठानको ०७२ भदौ २८ गतेको फैसला अनुसार दोषी ठहर भएका मल्ललाई १९ वर्ष एघार महिना ५ दिन कैद सजाय तोकिएको छ । ०६९ पुस ३ गते केसीको हत्या भएको थियो ।

मल्ललाई आईतबार राती बुटवल उपमहानगरपालिका–१२ नयाँगाउँबाट पक्राउ गरिएको प्रहरी निरिक्षक देवी प्रसाद पौडेलले जानकारी दिनुभयो । जिल्ला अदालतको आदेश अनुसार मल्ललाई सोमबार नै कारागार चलान गरिएको उहाँले बताउनुभयो ।