दाङमा काँग्रेसको प्रदर्शन, सरकारलाई सच्चिएर अगाडि बढ्न सुझाव

Advertise with us

दाङ, माघ २१ । केन्द्रिय कार्यक्रम अनुसार नेपाली काँग्रेस दाङले दाङमा पनि विरोध प्रर्दशन गरेको छ । बजारका विभिन्न भागमा पुगेर सरकार र प्रधानमन्त्री केपि शर्मा ओली विरुद्ध नाराबाजी गरेका नेपाली काग्रेसका कार्यकर्ताहरुले तुलसीपुर चौकमा पुगेर कोणसभामा परिणत भएका थिए ।

Buddha International Hospital

Advertise with us

विरोध कार्यक्रमलाई सम्बोधन गर्न दाङ आईपुगेका नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाश शरण महतले सरकारलाई सच्चिन सुझाव दिनुभयो । सरकार अहिले अधिनायकबादको बाटोमा हिडेको भन्दै उहाले सरकारले भ्रष्टाचार बढाएको, महंगी बृद्धि गरेको, बलात्कारका घटनाहरुमा दोषीलाई उन्मुक्ती दिएका आरोप लगाउनु भयो ।

‘सरकार अहिले अधिनायकवादको बाटोमा, महंगीको बाटोमा, भ्रष्टाचारको बाटोमा हिडेको छ, संबैधानिक निकायहरुलाई छाँयामा पार्ने काम गरेको छ’ नेता महतले भन्नुभयो, ‘सरकारले सच्चिएर अगाडि बढ्नुपर्छ, हैन भने नेपाली काँग्रेसको मात्रै आन्दोलन हैन अब सम्पुर्ण नेपालीहरु आन्दोलनमा उतार्नुको विकल्प रहने छैन ।’ नेता महतले पाँच वर्षको लागि म्याण्डेड प्राप्त गरेको सरकार एक वर्षमै असफल भएको टिप्पणी गर्नुभयो । उहाले सरकारलाई विधिको शासन र सविधान अनुसार काम गर्न आग्रह गर्नुभयो ।

‘सरकारले निर्वाचनको समयमा जनतालाई धेरै आस्वासन देखाएको स्मरण गराउछु ।’ महतले भन्नुभयो, ‘सरकारले जनतासँग गरेको बाचा अनुसार काम गर्नुस्, हैन भने जनता चुप लागेर बस्दैनन् ।’ सरकारले काम भन्दा पनि धेरै कुरा गरेको आरोप लगाउँदै उहाले सविधानको कार्यान्वयन अहिलेको प्रमुख मुद्धा भएको कुरा सरकारले विर्सन नहुने बताउनुभयो ।

कोणसभालाई सम्बोधन गर्दै पुर्वमन्त्री तथा नेपाली काँग्रेसका नेता दीपक गिरीले सरकारले न्यायलय र सविधानमाथिको प्रहार नेपालीहरुलाई सह्य नभएको बताउनुभयो । भ्रष्टाचार बढेको, महंगी न्युनिकरण नगरेको, निर्मला बलात्कार हत्याकाण्डका दोषीहरु मुक्ति दिएको र काँग्रेसले गरेका कामहरु आफूले गरेको भनेर चर्चा गर्ने गरेको भन्दै सरकारले विरोध गर्नुभयो ।

काँग्रेस दाङका सभापति कृतिबहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश राज्यमन्त्री डिल्लीबहादुर चौधरीले नेपाली काँग्रेसले गरेको काम देखाएर सरकारले समय बर्बाद गरेको आरोप लगाउनुभयो । प्रदेश सांसद अर्जुन श्रेष्ठले आन्दोलन गर्नु रहर भन्दा पनि बाध्यता रहेको बताउनुभयो । नेपाली काँग्रेस दाङकी कोषाध्यक्ष सावित्रा रानाको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव शंकरप्रसाद डाँगीले बताउनुभयो ।