साहित्यीक पत्रकारिता राष्ट्रिय भेला दाङमा हुने

Advertise with us

घोराही, माघ २१ । साहित्यीक पत्रकारिता राष्ट्रिय भेला दाङमा हुने भएको छ । प्रत्येक वर्ष हुँदै आएको साहित्यीक पत्रकारिता राष्ट्रिय भेला यो वर्ष दाङ हुने प्रेस काउन्सिल नेपालका सदस्य चेतनाथ धमलाले बताउनुभयो ।

Buddha International Hospital

Advertise with us

प्रेस काउन्सिल नेपालको आयोजना र नेपाल पत्रकार महासंघ दाङ शाखाको समन्वयमा हुने भेलामा देशभरका साहित्यीक पत्रकारिताको क्षेत्रमा काम गर्दै आएका ब्यक्तिहरुको सहभागीता हुनेछ ।

आगामी फागुन १७ र १८ गते घोराहीमा हुने कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष गोविन्द आचार्य सहितको पदाधिकारी र प्रेस काउन्सिलका पदाधिकारीहरुको समेत उपस्थिती हुने पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष सविन प्रियासनले जानकारी दिनुभयो । भेलामा विभिन्न विषयका कार्यपत्रहरु प्रस्तुत हुने, निश्कर्ष निकाल्ने तथा योजनाहरु समेत निर्माण हुने काउन्सिलका सदस्य चेतनाथ धमलाले बताउनुभयो ।