‘अरुका दुःख आफ्नै जस्तो लाग्छ’ : ढकाल

नेपालमा पछिल्लो समय सामाजिक संजालको दुरुपयोगले समाजमा विकृति ल्याउने काम ग¥यो भन्ने एक किसिमले आलोचना भइरहेको छ । समाजमा संजालकै कारण विभिन्न किसिमका घटनाहरु पनि हुने गरेका छन् । तर सामाजिक संजाल विकृति होइन्, यसले विभिन्न किसिमका फाइदाहरु प्नि पु¥याएको छ । यसैको एउटा उदाहरण हो , फेमिना गु्रप । आज हामीले यसै ग्रुपका एड्मिन संगिता ढकालसंग कुराकानी गरेका छौँ ।– सम्पादक

DG Mobile Dang

संगिता ढकाल
सामाजिक अभियान्ता
एड्मिन
फेमिना ग्रुप
१.स्वागत छ
धन्यवाद
२.फेमिना गु्रप के हो ?
फेमिना ग्रुप भनेको सामाजिक संजाल फेसबुक ग्रुप हो । यसमा अहिले हामी करिब ४४ हजार जना जोडिएका छौँ । ग्रुपमा सम्पूर्ण महिला छौँ, त्यसकारण पनि ग्रुपको नाम फेमिना राखेका हौँ । यसमा पुरुषहरु जोडिन मिल्दैन् तर हामीले एउटा पेज पनि बनाएका छौँ । पेजमा चाँही महिला पुरुष दुवै जना जोडिन मिल्छ । यो ग्रुप एड्मीन र मोडिरेटर १३ जना छौँ । अनि रिप्रेसेन्टेटीभ चाँही १७ जना छौँ, सबैले आ–आफ्नो काम बाँडेर गछौँ ।

३. ग्रुप निर्माण गर्नुको मुख्य उद्देश्य के हो ?
हाम्रो यो गु्रप निर्माण गर्नुको मूख्य उद्देश्य नै सामाजिक काम गर्न हो । समाजमा अहिले पनि कतिपय नागरिक खान नपाएर, भोकभोकै बस्न बाध्य छन् । कतिपय नागरिक विपन्नताका कारण औषधि उपचार गर्न नपाएर थलिएर बसेका छन् । हामीले विषेश गरी त्यस्ता नागरिकलाई मानविय सेवाभावले सहयोग गर्ने गरेका छौँ । कोहि पनि भोकै बस्नुनपरोस, कोहि पैसाकै कारण अभावमा छट्पटाउनु नपरोस भनेर नै हामीले सामाजिक संजाल फेसबुकमा फेमिना गु्रप निर्माण गरेर एउट अभियानको शुरुवात गरेका छौँ ।

 

४.यस्तो अभियान कहाँ–कहाँ हुन्छ ?
हामीले अहिले ठ्याक्कै यहाँ भन्ने भन्दा पनि पुर्व मेचिदेखि पश्चिम महाकालीसम्मका सबै नागरिकलाई कुनै पनि सहयोग गर्न तयार छौँ । केहिदिन अघिमात्रै झापामा बिराटनगरमा राहत वितरण गरेका थियौँ, दाङमा पनि हामीले थुप्रै सहयोग गरेका छौँ । अहिले पनि तुलसीपुर– ६ गोलौराका मानबहादुर बिकको उपचारका लागि आवश्यक सहयोगार्थ रकम संकलन गरिरहेका छौँ ।

उहाँहरुको परिवारिक अवस्था निकै नाजुक रहेछ, मानबहादुर जी बिरामीले थला पर्नुभएको छ , श्रीमतिले श्रीमानको सहयोग गर्नका लागि काम गर्न छोड्नुभयो । जसका कारण उहाँहरुलाई औषधिउपचारको समस्या भइरहेको छ । यस्तो अवस्थामा हामीले देश तथा विदेशमा रहनुहुने नेपालीबाट सहयोग संकलन गरी उहाँको परिवारलाई हस्तान्तरण गर्ने योजना बनाएका छौँ ।

५. तपाईहरुले सहयोग गर्ने रकम आउने श्रोत कुन हो ?
मैले तपाईलाई भनेनी , हामीले सहयोग गर्ने भनेको रकम देश तथा विदेशमा रहनुभएको नेपालीले हो । त्यसबाहेक हामी आफैले पनि रकम उठाउने गरेका छौँ । अहिले तुलसीपुरमा चटपटदेखि चुराको व्यवसाय गरेर भएपनि रकम संकलन गरेका छौँ । मानबहादुर बिकको सहयोगका लागि हामीले केहिदिन अघि चुरा तथा चटपटको व्यवसाय संचालन गरेका छौँ , त्यसबाट संकलन भएको रकम नै उहाँको परिवारलाई हस्तान्तरण गर्ने तयारी गरिरहेका छौँ ।

एडमिन स्मिृती केसी

६.घर परिवारदेखि समाजको साथ कस्तो छ ?
घर परिवारको सहयोग नभए त म यस्तो काम नै गर्न सक्ने थिएन्,घरपरिवारको सहयोगले नैै म यहाँसम्म आइपुगेको छु । समाजले पनि उतिकै साथ र हौसला दिने गरेको छ । जसका कारण यो सामाजिक काममा सफलता मिलेको छ । अहिले पनि देश तथा विदेशबाट फोन तथा मेसेज आउँछ, खुशि लाग्छ, तपाईहरुले गरेको काम निकै राम्रो छ, म पनि सहयोग गर्न चाहन्छु भनेर भन्ने गरेको पाईन्छ ।

७. गु्रपमा धेरै जना हुनुहुन्छ, विचार फरक– फरक होला, कसरी काम गर्नुहुन्छ ?
हो, हामी धेरै जना छौँ, हाम्रा विचार फरक–फरक होलान तर हामीले छलफलका माध्यमबाट निष्कर्शमा पुग्ने गरेका छौँ । कुनै पनि निर्णय गर्दा सबैजनाले विभिन्न किसीमका विचार दिने गर्नुहुन्छ । तर हामीहरु निचोडमा पुग्न सफल हुन्छौँ ।

८. पहिले दाङ फेमिना ग्रुप थियो , अहिले फेमिना ग्रुपमात्र कसरी रह्यो ?
पहिले पहिले दाङ फेमिना ग्रुपबाट हामीले विभिन्न किसिमका सामाजिक कामहरु गरेका थियौँ, पछि काम गर्दै जाँदा यसको कार्यक्षत्र जिल्लातहमा सिमिति रहेन त्यसपछि हामीले फेमिना गु्रप राखेका हौँ । शुरुमा त स्मिृति केसी र म मिलेर खोलेका थियौँ, यो गु्रप पछि , विस्तारै कार्यक्षेत्रलाई फराकिलो बनाउँदै लगेका हौँ । दुई महिनाअघिमात्रै नाम परिवर्तन गरेका हौँ ।

९.सामाजिक काममात्रै हो कि अरु काम पनि हुन्छ ?
अहिले स्पेशल सामाजिक काममात्रै नै हो, तत्कालको अवस्थामा अरु काम गरेका छैनौँ ।
१०.चुनौति कत्तिको छ ?
अहिले फिल्डमा काम गर्दा चुनौति त छ तर सबैको साथ र सहयोग राम्रो हिसावले पाइरहेका छौँ । त्यसकारण पनि त्यति धेरै चुनौति खेप्नुपरेको छैन् । ग्रुपमा कहिलेकाँही हेल्प पोष्टमात्र हुँदैन्, कहिलेकाँही रमाईला पोष्ट पनि हुन्छन् । गु्रपमा सुरक्षाको चुनौति त छ तर अरु समस्याहरु कम छन् । यसलाई हामीले सकेसम्म त्यस्तो नहोस भनेर प्रयास गरिरहेका छौँ ।

११. कस्तो किसिमको सहयोग गर्नुहुन्छ , नगद वा भौतिक सामग्रिको ?
यस्तो छ, अब अवस्था हेरेर हुन्छ । कतिपय ठाउँमा नगद सहयोग हुन्छ भने कतिपय ठाउँमा भौतिक पनि सहयोग हुने गर्छ । मुख्यगरी गास, वास र कपासका लागि आवश्यक कुरा नै सहयोग गर्ने गरेका छौँ ।

१२. पारदर्शीताको विश्वसनिय आधार के हो ?
एउटा कुरा के भने कुनै पनि व्यक्तिलाई हामी आफै नै पुगेर सहयोग गर्ने गदछौँ । त्यसका कारण पनि झुटो भन्ने हुँदैन् । वास्तविक पिडितलाईमात्रै सहयोग गर्ने गरेका छौँ । अहिले हामीलाई दाताहरुले दिएको सबै विवरण हामीले पोष्टमा राखिदिने गरेका छौँ । त्यसकारण पनि दाताहरुले हामीलाई अविश्वास गर्ने ठाउँ छैन् ।

१३. आगामी योजना के छन् ?
अहिले बन्दाबन्दीका कारणले गर्दा कसलाई के आवश्यकता छ, त्यसमा बढी केन्द्रीत भएका छौँ । त्यस्ता ठुला कार्यक्रमहरु केहि त छैन् । अहिले चाँही जति पनि सहयोगका लागि आउनुहुन्छ , त्यस्तोलाई सहयोग गरौँ भन्ने छ । समाजमा केहि त्यस्ता उदाहरणिय काम गरौँ भन्ने सोच चाँही छ ।
१४. अन्त्यमा के भन्नुहुन्छ ?
अन्त्यमा मेरा कुरा राख्ने अवसर दिनुभएकोमा यहाँ लगायत यहाँको मिडियालाई धेरै धेरै धन्यावाद दिन्छु । हाम्रो केहि कुरा भएपनि मिडियामा ल्याउने अवसर दिनुभयो । सधै, साथ सहयोगको अपेक्षा गर्दछु ।