दाङमा हतियार बनाउने दुइ पक्राउ


रीता लामा
घोराही, २० माघ । जिल्ला प्रहरी कार्यालय दाङले घरेलु तौरतरिकाबाट हतियार बनाउने उद्योग चलाउदै आएका दुइ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयले दाङको निकै विकट क्षेत्र मानिने राजपुर गाउँपालिका ७ भौवानाकाबाट ५९ बर्षिया जितबहादुर बुढा र रुद्रमणी घर्तिलाई पक्राउ गरेको हो ।

Advertise with us


जिप्रका दाङका प्रहरी प्रवक्ता रामप्रसाद घर्ति दिएको जानकारी अनुसार भौवानाकामा बस्ने बुढा र घर्तिले घरेलु तौरतरिका प्रयोग गरि हतियार बनाउदै आएको सुचना पाए पछि प्रहरी त्यहाँ पुगेको थियो । गाडी पुग्न नसक्ने निकै विकट क्षेत्र बुढा र घर्तिले मिलेर भरुवा बन्दुक, पेस्तोल बनाउदै आएको फेला परेको थियो ।

Buddha International Hospital


प्रहरीले छापा मार्दा उनीहरुको घरबाट पाँच थान बन्दुक, १२ बोर राइफल १ थान, एयरगन राइफल ३ थान, कटुवा पेस्तोल १ थान, रिभल्वर १ थान, सानो हतियार १२ थान, ठुलो हतियारको नाल २९ थान बरामद भएको छ । यस्तै हात हतियार बनाउने प्रयोग गरिने आरनको मेसिन १ थान, पंखा घुमाउने फित्ता, काठको पंखा, रिङ, रेति, हेक्साब्लेट, हतौडा, पेचकस, छिना सनासो, उदाउने ढुङ्गा, सम्मी लगायतका सामाग्रीहरु भेटिएको प्रवक्ता घर्तिले जानकारी दिए ।


यस्तै सटगनको हतियारमा प्रयोग हुने खोका १० थान, बोल्टु, काजा, सुइरो, विभिन्न आकारको स्कु्र, पित्तल गलाउने धुलो पनि हतियार उद्योगमा फेला परेको थियो ।

Advertise with us