मल्लद्वारा घरभाडा छुट

शिवु खनाल

कपिलवस्तु, २९ असार । मेरो माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले एक महिनाको घरभाडा छुट पाएको छ । बाणगंगा ४ कपिलवस्तुमा रहेको फाइनान्सका शाखा कार्यालय जीतपुरका घरधनी सूर्य बहादुर मल्लले एक महिना बराबरको घरभाडा छुट दिएका छन् । कोरोनाको कहरबीच विपन्न तथा न्यून आय भएका सदस्यहरुलाई घरदैलोमा वित्तीय सेवा पु¥याउदै आएको संस्थालाई आर्थिक भार कम गर्ने उद्देश्यले एक महिनाको घर भाडामा सहुलियत दिएको घरधनी मल्लले बताए ।

DG Mobile Dang

लकडाउनका कारण अर्थतन्त्र ओरालो लागेको र असहज अवस्थालाई ध्यान दिएर संस्थाको पिरमर्का बुझेर अभिभावकको भूमिका निर्वाह गरेकोले घरधनीलाई सधन्यवाद सहित प्रशंसा पत्र दिइएको शाखा प्रबन्धक गोपाल सुबेदीले जानकारी दिए । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संघीय सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोषमा २५ लाख ६० हजार सहयोग गरिसकेको छ ।

सरकारको आदेश तथा नियम पालना गरी शाखा कार्यालयहरु मार्फत सेवा प्रवाह गरिरहेको छ । साथै बिभिन्न स्थानीय तहहरुको समन्वय तथा सहकार्यमा खाद्यान्न तथा आर्थिक सहयोग पनि गरिरहेको छ । त्यस्तै, घरभाडा सहुलियत रकम स्थानीय तहहरुकै राहतकोषमा सहयोग गर्ने संस्थाले जनाएको छ ।

मेरोमाइक्रोफाइनान्स लघुवित्त बित्तीय संस्था लिमिटेड नुवाकोटको बट्टारमा कर्पोरेट कार्यालय रहि देशका ५९ जिल्लामा १२० शाखा कार्यालय र बनगाउ“ अनुगमन कार्यालय दाङ अन्र्तगत कपिलवस्तुमा २ शाखा सहित ६ जिल्लामा १० शाखा कार्यालयमार्फत लघुवित्तीय सेवा प्रदान गरिरहेको छ ।