धारापानी बन समुहको गतिविधि शंकाको घेरामा : उपभोक्ताद्वारा कार्यालयमा तालाबन्दी

जीतसागर जी.एम.

Blog Post Ad

तुलसीपुर, २९ असार । तुलसीपर–७ को धारापानी सामुदायिक बनको कार्यालयमा उपभोक्ताले तालाबन्दी गरेका छन् । बन समुहका पदाधिकारीले बनसम्बन्धि हरेक गतिविधि पछिल्लो समय अपादर्शी ढंगले संचालन गरेको भन्दै उपभोक्ताले आज बनको कार्यालयमा तालाबन्दी गरेका हुन् ।

Blog Post Ad

बन समुहले हरेक गतिविधि उपभोक्तालाई छलछाम गरी गरेको, कार्यालयमा गर्नुपर्ने काम घरमा गरेको, सुचनाको हकमा उपभोक्तालाई बन्चित गरेको, राजनैतिक दलहरुले पनि बनसमितिलाई बचाउने गरी गतिविधि गरेकाले बनको कार्यालयमा तालाबन्दी गर्नुपरेको उपभोक्ता माधव पोखरेलले बताउनुभयो ।

उपभोक्ताको राखेका मागको सम्बोधन नभएसम्म तालाबन्दी जारी रहने उहाँको भनाई छ । बनको रुख कटानमा अनियमितता भएको उजुरी परेपछि छानबिन समितिले बनका गतिविधि उपभोक्ताको सहभागीतामा गतिविधि संचालन गर्न निर्देशन दिएपनि बनका पदाधिकारीले त्यसो नगरेपछि उपभोक्ताले तालाबन्दी गर्न बाध्य भएको अर्का उपभोक्ता पिताम्बर आचार्यले बताउनुभयो ।

बनका अध्यक्षले मनोमानी ढंगले काठ आफ्नो घरमा लगेर राखेको, समुहका पदाधिकारीले गरेको सम्पुर्ण गतिविधिको सत्यतथ्य कुरा बाहिर आउन नसकेको, राजनैतिक दल पनि प्रलोभनामा परेको उपभोक्ताले आरोप लगाएका छन् ।

यसअघि यसअघि बनमा जथाभाविरुपमा रुख कटान भएको भन्दै डिभिडन बन कार्यालय दाङमा जेठ १३ गते बनका पदाधिकारी विरुद्ध उजुरी परेको थियो । पदाधिकारीविरुद्ध उजुरी परेपछि समितिले बन समुहका जेठ १५ गते सम्पुर्ण कागजात नियन्त्रणमा लिएर छानबिन प्रक्रिया अघि बढाएको थियोे ।

छानबिन समितिले करिब एक महिना लगाएर असार ११ तयार पारेको प्रतिवेदनमा बन समुहले आम्दानी, बन पैदावारको रजिष्टर नराखेको, विल भपाई क्रमसंख्या अनुसार नभएको, चार जनालाई विधान विपरित उपभोक्ता राखेको, बन समुहले २ लाख ४० हजार ७४१ रुपैंँया नगद मौज्दात राखेको प्रतिवेदन सार्वजनिक गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *