दाङमा आज ३२ जना कोरोना संक्रमित डिस्चार्ज


दाङ, २८ असार । दाङको बेलझुण्डी कोरोना विशेष अस्पतालबाट ३२ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । आज आईतावार डिस्चार्ज हुनेमा ३० जना दाङका एक जना उदयपुर र एक जना ईलामका नेपाली सेना रहेका छन् ।

अस्पतालमा १४ दिन सम्म बसी उपचार पछि निको भएकाहरुलाई डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ । डिस्चार्ज हुनेहरुमा तुलसीपुरका ८ जना, बबईका १० जना, बंगलाचुलीका ७ जना, शान्तीनगरका ३ जना र दंगीशरणका २ जना र रिपु मदनगण घोराहीमा कार्यरत उदयपुर र ईलामका एक,एक जना नेपाली सेना रहेको अस्पतालका व्यवस्थापक दोर्ण वलीले जानकारी दिए ।

DG Mobile Dang

अस्पतालमा रहेका ४७ जना संक्रमित मध्ये ३२ जनाको डिस्चार्ज भएसंगै अहिले १५ जनाको उपचार भई रहेको रहेको व्यवस्थापक वलीले जानकारी दिए । संक्रमित मध्ये अधिकांस भारत सहित अन्य मुलुकबाट आएर क्वारेन्टाईनमा बसेको र दुई जना नेपाली सेना कोरोना संक्रमितहरुको उद्धार तथा व्यवस्थापनमा खटिएका रहेको जनाईएको छ ।