झरी छिचोल्दै सांसदहरु गाउँगाउँमा

दाङ, असार २८ । असारे झरी छिचोल्दै प्रदेश ५ का प्रदेश सभा सदस्यहरु दाङका गाउँगाउँ पुगेका छन् । प्रदेश ५ सरकारद्वारा सञ्चालित मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमको अनुगमनका क्रममा प्रदेश सभा सदस्यहरु जिल्लाको बबई र राप्ती गाउँपालिकाका गाउँगाउँमा पुगेका हुन् ।

Blog Post Ad


आर्थिक र सामाजिक सूचकका आधारमा पछाडि परेका व्यक्ति र परिवारको जीवनस्तर उकास्ने उद्देश्यका साथ सुरु भएको मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमको प्रभावकारिताको अनुगमनका क्रममा आइपुगेको प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । ‘समृद्ध प्रदेश खुसी जनता’ को नीति अनुसार प्रदेश ५ सरकारले आफ्ना गतिविधि अगाडि बढाएको छ ।

Blog Post Ad

प्रदेशमा गरिबीको दर घटाउने उद्देश्यले मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम सुरु भएको छ । हामी सोही कार्यक्रमको प्रभावकारिता बुझ्न दाङ आइपुगेका हौं’, राप्ती गाउँपालिकाको दुर्गम बस्ती बाउन्ने पाटामा भेटिनुभएका प्रदेश सभा सदस्य श्रेष्ठले भन्नुभयो, ‘कार्यक्रम उद्देश्य अनुरुप सञ्चालन भए नभएको जानकारी लिँदैछौं ।’

प्रदेश सभा प्रदेश मामिला तथा कानुन समितिको तर्फबाट अनुगमनका लागि आइपुगेको जानकारी दिँदै श्रेष्ठले कार्यक्रमले जनताहरुमा उत्साह थपेको पाइएको जानकारी दिनुभयो । गाउँपालिका र प्रदेश सरकारलाई जोड्ने काम मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमले गरेको भन्दै प्रदेश सभा सदस्य श्रेष्ठले जनताहरुको जीवनस्तर सुधार्न कार्यक्रम फलदायी हुने बताउनुभयो । ‘

Leave a Reply

Your email address will not be published. Required fields are marked *