दाङमा प्रहरीलाई घुस दिन खोज्ने दुई जना पक्राउ

दाङ, २८ असार । दाङमा प्रहरीलाई घुस दिन खोज्ने दुई जना पक्राउ परेका छन् । लागुऔषध कारोबारमा पक्राउ परेका आफन्तलाई छुटाई दिन घुस दिन खोजेको आरोपमा प्रहरीले घोराही उपमहानगरपालिका वडा नम्बर १८ सुपैला कुटी बस्ने वर्ष २७ को गोबिन्द शाह र प्युठानको स्वर्गद्वारी नगरपालिका वडा नम्बर ०५ भिङ्ग्री स्थायी घर भई लमही नगरपालिका वडा नम्बर ०५ लमही बजार बस्ने ३० वर्षिय को समिर भण्डारीलाई पक्राउ गरेको हो ।

DG Mobile Dang

उनिहरुले लागु औषध (ब्राउन सुगर) मुद्दामा पक्राउ परेका सागर केसी. भन्ने दुर्गाराम खत्रीको मुद्धा मिलाई दिन जवरजस्ती १ लाख ५० हजार दिन घुस दिन खोजेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता सुमित खड्काले जानकारी दिनुभयो । पक्राउ परेका उनिहरुले वडा प्रहरी कार्यालय घोराही दाङका कार्यालय प्रमुख प्रहरी निरीक्षक दिनेश रिमाललाई कार्यकक्षमा भेट गरी मुद्धा मिलाई दिन आग्रह गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका उनिहरुलाई आवश्यक कारवाहीको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल रुपन्देही पठाईएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।