दाङमा करेन्ट लागेर एक जनाको मृत्यु

दाङ, असार २८ । दाङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । आइतबार विहान तुलसीपुर उपमहानरपालिका वडा नम्बर ९ बेलुवा स्थित एक घरमा पानी तान्ने मोटर जोड्ने क्रममा सल्यानका एक युवकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा सल्यान कपुरकोट गाउँपालिका वडा नम्वर ५ रिम बस्ने २६ बर्षिय कमल खत्री रहेका छन् । पानी तान्ने मोटर जोड्ने क्रममा खत्रीलाई करेन्ट लागेर गम्भिर घाइते भएका थिए । पछि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रम उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

DG Mobile Dang