रुपन्देहीमा जिप दुर्घटना हुँदा एकको मृत्‍यु , ४ घाइते

दाङ,  २८ असार । रुपन्देहीको कञ्चन गाउँपालिकास्थित फायरलाइनमा बलेरो जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

Blog Post Ad

स्थानीय हरैयाबजारबाट फायरलाइनतर्फ आउँदै गरेको बा१५च ९३८९ नंको बलेरो अनियन्त्रित भई सालको रुखमा ठोक्किएको इलाका प्रहरी कार्यालय रुद्रपुर रुपन्देहीले जनाएको छ ।

Blog Post Ad

सो दुर्घटनामा गम्भीर घाइते सिद्धार्थनगर नगरपालिका–११ बस्ने करिब ३८ वर्षीय सुरज खड्काको लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय रुद्रपुर रुपन्देहीका प्रहरी निरीक्षक इन्द्र चौधरीले जानकारी दिए ।

शनिबार बेलुका भएको सो दुर्घटनामा चार घाइते भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *